आफ्नो धुरि सानो देखे पछि उ हिँड्यो (गजल)
साहुले
ऋण तिर्न चिठी लेखे पछि उ हिँड्यो
देश बनाउँछु
भनि चिया पसलमा गफ दिए नि,
बढ्दो
महङ्गीले ढाड सेके पछि उ हिँड्यो
अभावमा
हाँस्न उसलाई परिस्थिति सिकाउँदै थियो
पाइला सार्ने
पनि पैसाले छेकेपछि उ हिँड्यो
विलासी
बस्तुमा रम्ने उसको प्रवृत्ति होइन
आफन्त आई
फोन बोकी दैला टेकेपछि उ हिँड्यो
प्रेयसीलाई
सँगै मर्ने बाच्ने कसम खुवाएकै हो
चरम
महङ्गीले ढाड सेकेपछि उ हिँड्यो
लेख्ने भन्दा केरेर छोड्नेहरुको लाम छ (गजल)
लेख्ने
भन्दा केरेर छोड्नेहरुको लाम छ
पुँजीवादी
समाजमा प्रेमको के काम छ
औकात हेरेर
जब हुन थाल्यो माया प्रेम
लखपतिको
खल्तीभरि प्रेम पत्रको खाम छ
साँचो
माया गर्ने कवि गजलकार बने
कोमल दिलसँग
खेल्ने कै यहाँ नाम छ
खोक्रो
अस्तित्व लिएर बाच्छन् मान्छे
भनि देउ
माया ममता पाइने कुन ठाम छ
उसले
छाडि जाँदा निरास म हुनेछैन
मेरी
हो उ जबसम्म खल्तीमा दाम छ
आफ्ना नै तिमी विरुद्ध जुटे के गर्छौ (गजल)
आफ्ना नै
तिमी विरुद्ध जुटे के गर्छौ
अहिलेका
सह यात्री पछि छुटे के गर्छौ
बिगुल
फुकि बस्दा शान्तिको तिमी,
भोलि
हल्ला भयो भनि कुटे के गर्छौ,
शक्ति
र सत्ताका भाइ भारदार तिम्रा,
तिमीलाई
कमजोर देखि फुटे के गर्छौ,
आँखा
चिम्ली बस्दा अन्यायमा तिमी,
तानाशाह
बनी जनता लुटे के गर्छौ,
विद्रोहको
ज्वाला कतै फैलिन नपाई,
अन्धकारमा राखि दिमाग भुटे के गर्छौ
आफ्नैलाई पछारेर उ आज सरकारमा छ(गजल)
आफ्नैलाई पछारेर उ आज सरकारमा छ,
थाहा छैन किन उसको ख्याती बजारमा छ,
अक्सनमा मुटुराखि प्रेमको व्यापार गर्थि उ,
हिजोआज उसको मायाको भाउ हजारमा छ,
पहिले काधमा चढि शिर हान्छु भन्नेको आज,
जिन्दगी चकचकी र रमझमको बहारमा छ,
देश बदल्ने सपना साचेर सहर छिरेको युवा,
योग्यता अनुसार जागिर नपार दिक्दारमा छ,
थाहा छैन किन उसको ख्याती बजारमा छ,
अक्सनमा मुटुराखि प्रेमको व्यापार गर्थि उ,
हिजोआज उसको मायाको भाउ हजारमा छ,
पहिले काधमा चढि शिर हान्छु भन्नेको आज,
जिन्दगी चकचकी र रमझमको बहारमा छ,
देश बदल्ने सपना साचेर सहर छिरेको युवा,
योग्यता अनुसार जागिर नपार दिक्दारमा छ,
सरकार घरमै ग्यास पाईप ल्याउने कुरा
गर्छ,
देश खाना पकाउने सिलिन्डरको हाहाकारमा
छ!
जब स्वयम् विद्वानले मति माग्यो (गजल)
जब स्वयम्
विद्वानले मति माग्यो
गण्यमान्यले
जीवनको गति माग्यो
को छ
पुर्ण को सन्तुष्ट यो संसारमा
जब हुनेखानेले
नै भए जति माग्यो
धेरै केटाहरु अचम्म पर्नेछन् सुनेर
सोझि केटीले जँड्याहा पति माग्यो
भगवाननै मानव प्रलय गर्न आँट्थे
जब दाजुले नै भाइको क्षति माग्यो
खलिपेट
भर्नु मान्छेको जीवन रहेछ
छोडी
देउ कुरा कसले के-कति माग्यो
जब उपकार गर्नेहरूको प्रतिकार हुन्छ (गजल)
जब उपकार
गर्नेहरूको प्रतिकार हुन्छ
चेपुवामा
पर्छ न्याय समय धिक्कार हुन्छ
अदालतनै
गिडगिडाउँदै न्याय मागिरहँदा
न
हुन्छ इन्साफ न निष्पक्ष पत्रकार हुन्छ
घूसखोरी
आफैले कानुन कोर्न सुरु गर्छन्
जब पक्षमा
नै नपुङ्सक सरकार हुन्छ
आफ्ना
भनि हत्यारालाई संरक्षण दिँदा
दिन
दिनै बालिकाको बलात्कार हुन्छ
कलम रोकिनेछन्
धेरैका मुख थुनिनेछन्
अयोग्यहरूको
पद मोह साकार हुनेछ
३ मुत्तक
देख्न
त बन्द कोठाबाट ब्रमाह्ण देखिन्छ
एउटै
हातले सारा चन्द्र सुर्य छेकिन्छ
भ्रमको
पर्दाले आफूलाई किन महान् बनाउ
थाहा
नै छ पानी परेपछि सारा रँग मेटिन्छ
*******************************
चाल्दा
पहिलो पाईला जमिन भासियो
पुरा
गर्न खोजेथे सपना जीवन नासियो
मेरो
भाग्य हारको मसीले कोरिएर होला
आशुको
सागरमा डुब्दै जीवन बाचियो
********************************
झस्किए
फेरि जब तिम्रो याद आयो
त्यही
आकृति मन मस्तिष्कमा छायो
रसाएथे
आँखाहरू रुँदिन भन्दा भन्दै
जब गाइने
दाइले हाम्रै प्रेम-गीत गायो
*******************************
Subscribe to:
Posts (Atom)







