G'Ashish Blog

कविता · गजल · कथा

अर्को ३ मुत्तक


तिमी सँग साँचो प्रेम माग्दा जोगि भए
तिम्रो लागी संसार छल्दै हिँड्दा ढोगी भए
अनर्थक तरबारको धारमा गरायौ यात्रा
भुल्न तिमीलाई धाए गल्ली भोगि भए।

*****************************

ती गाजलु आँखाको जालमा फसिएछ
ती सुरिला स्वरहरूको तालमा फसिएछ
थाहै भएन कहिले कसरी डुबेछु तिमीमा
ती हरिणका हिडाईजस्ता चालमा फसिएछ

******************************

चाहे रोउ कराउ या ज्यान फाल
थेचिदा रोकिदा कुटिदा ईख पाल
तर अधिकार पाउने छैन तबसम्म
ढुङ्गा बनाई मुटुलाई पन्छाउँछौ काल

जानिजानि आफुलाई हवनमा बलाउन सकिन (गजल)



जानिजानि आफुलाई हवनमा बलाउन सकिन
वुवा आमाको सपनाहरू लाई ढलाउन सकिन

तिमीले मात्र हैन प्रेम मैले पनि गरेको थिए
वास्तविकता बुझेर आफुलाइ गलाउन सकिन

कठोर मान हिम्मतिलो हैन ठान सहिदिन्छु
भावनाको पर्दाले आफैलाई छलाउन सकिन

जिन्दगी यात्रा थियो तिमी एउटा पात्र थियौ
अफसोसको डरमा ईच्छाहरु जलाउन सकिन

दोषको भारि मलाई बोकाई निर्दोष बनिराछौ
तिम्रो नाममा नराम्रा हल्ला चलाउन सकिन







3 मुत्तक



तिम्रो यादहरूलाई मेटने मन छ
हराएको आफूलाई भेटने मन छ
भत्केको आफूलाई पुर्ण बनाईकन
ईर्ष्यालु त्यो मुटुलाई रेटने मन छ  

||||||||||||||||||||||||||||||

छाडि देउ शरीर यहाँ टाउको बचाउन गार्हो छ
सामन्तीले लादेका नियम पचाउन गार्हो छ
खालि पेट त भोलिपर्सि भरिई हाल्छ नि सानी
उभिने माटोको अस्तित्व बचाउन गार्हो छ  

|||||||||||||||||||||||||||||||

मेरै शरीरमा चढी शिर ताके त के गरुँ
नालायक भनि मलाई फ्याके त के गरुँ
शक्ति हुञ्जेल त मलाई पनि पुज्थे सब
ओरालो लाग्दा जेलमा ज्याके त के गरुँ