G'Ashish Blog

कविता · गजल · कथा

शून्यतासँगको संवाद

खोइ कुनै श्रापले हो कि
बुझ्न नसकेको आभासले हो
मेरा पाइला दुई कदम अगाडि जाँदा
म दुई कदम तल भासिन्छु।
सायद नियम नै यस्तै थियो कि
या मेरो नियति नै यस्तै थियो।
तर हार्नु त मेरो लागि भवितव्य भइसकेको छ
यति सम्म कि मानौँ
हार्नुको परिभाषा नै म हुँ,
र हराइरहने उद्देश्यमै जिन्दगी बाँच्नु हो।

लाग्थ्यो, जिन्दगी मेरो नै हो।
तर कहिले काँही निस्सासिँदै
मेरो कँपिरहेका हातहरूतर्फ हेर्छु;
मेरो दिमागले सिर्जना गरेका यी छिटाहरू,
ती सबै “what if” हरू जुन कहिल्यै भएनन्।
मैले जिन्दगीलाई एउटा सूत्रमा बाँध्न खोजेँ,
मेरो जिन्दगी त्यसै सूत्रबाट भाग्न खोज्यो।
यो खेल चलिरह्यो
न म निस्किन सकें,
न उसले मलाई बाँधेर राखिराख्न सक्यो।

कहिले काँही लाग्छ जिन्दगी नै यही हो;
नखेलाई नसकिने खेल,
र खेलदै रहेछौँ हामी।
जिन्दगीको उद्देश्य जित्नु थियो भने
जित्नेहरू त स्थिर भएर बाँच्थे होला,
हार्नेहरू अस्थिर भएर डगमगाउँथे होला।
साँचो यहाँ नियमभन्दा ठूलो अपवाद छन्
जित्ने रोइरहनेछन्, हार्ने लडिरहनेछन्

खोइ, कसले जिन्दगी बुझेछ?
खोइ, को पो खुसी भएको छ?
यदि अन्तिममा सबै छोडेर जानु नै थियो भने,
यदि अन्त्यमा शून्यमै समाहित हुनु नै थियो भने,
यो सारा नाटक आखिर केका लागि?
यो उद्देश्य, यो अवस्था, यो प्रबन्ध
त्यो हाँसो, त्यो खुसी, त्यो विनम्रता
यदि हारेरै जानु थियो भने
प्रयासको अर्थ के रह्यो?

मानौँ, तिमीले अर्को जीवन नै बनायौ रे
जिन्दगीमा जित मात्रै दियौ रे सब,
भौतिक खुसीहरू हटाइदियौ रे।
तर पनि तिम्रो भित्री शून्य, शून्य नै रहनेछ,
तिम्रा प्रश्न र तिम्रा उत्तर
उस्तै अनुत्तरित रहनेछन्।
छोडिदेऊ, अब अर्थ खोज्न;
खोजेर थाहा पाएछौ भने पनि
सत्यताले तिमीलाई पगाल्नेछ।
थाहा पाएनौ भने पनि
हारले तिमीलाई गलाइरहनेछ।
पूर्णविराम, यहाँ अझै अनिश्चित छ।


 

पुर्णबिराम


रुमलिएका मेरा पाईलाहरु

हिडथे यहाँ त्यहा

गन्तब्यको खोजिमा 

पुगिन होला म कहाँ


आफैलाई गुमाई फेरि

आफैलाई भेट्टाउदा 

मेरो अन्धकार त्यो अतित 

तिम्रो स्पर्शले मेट्टाउदा


मेरो अपुरो कथाको 

तिमी पुर्णबिराम भयौ

मायाको दिर्धरोधि म 

तिमी निदान भयौ 


मेरा आवेगको निर्णयहरु

तिम्रो सहनसिलतामा

सानो-संसार छोटो दुरि

आफ्नै गतिशिलतामा


मेरा खराब दिनहरु 

तिम्रो मुस्कानले बनाउदा 

बितिजाला जिन्दगी तिमी

रिसाइ मैले मनाउदा 


मेरो अपुरो कथाको 

तिमी पुर्णबिराम भयौ

मायाको दिर्धरोधि म 

तिमी निदान भयौ 

 

 



   


कफी



सबेरै उठेर जब,

कोही असफल जिन्दगी
तातोमा पानीमा
धुलाउने प्रयास गर्छन्


कोही जिभ्रोको स्वादको
आडमा मनका पिडा
लुकाउने प्रयास गर्छन्


कोही सुगन्ध छरेर
सुतेका आफ्ना प्रेयसी
जगाउने प्रयास गर्छन्


कोही सुषुप्त हिम्मत
क्याफिनको सहारामा
उठाउने प्रयास गर्छन्


कोही मनोवादमा बितेका
अनिदो रातका निन्द्रा
हटाउने प्रयास गर्छन्


कोही छाडेर जानेका
सम्झना कपमा साँचेर
हराउने प्रयास गर्छन्


कोही अस्तित्वको संशय
जीवनको भुमरीमा खोजी
डराउने प्रयास गर्छन्


कोही अन्तर्मुखी संवादको
सुरुवात " सुप्प- सुप्प " वाट गरि
कराउने प्रयास गर्छन्


अनि उनीहरू कफी पिउँछन्
अनि उनीहरू कफी पिउँछन्





दोष तिमीलाई


तिम्रो एक मुस्कानको खातिर
कोषै दौडन माहीर
मेरा यी खुट्टाहरू

तिमीलाई कल्पनामा सजाएर
तिम्रो आकृति कुदि
मुस्कुराउने ओठहरू

तिमी सँगको हरेक कुराकानीमा
शितनिन्द्राबाट ब्यूँझिएर
रमाउने यी तनहरू

तिम्रो सामीप्यतलको क्षणमा
सम्बन्ध, कारणका प्रश्न नगरि
तिमी सँग हराउने मनहरू

तिम्रा ती कहिल्यै नसकिने
बात कुरा र किस्साहरूमा
सहमति जनाउने शब्दहरू

प्रिय दोषी त यी हुन
जो कमजोर छन् टुटछन
दोष तिमीलाई म कसरी दिउ?

उ बोल्यो


उ बोल्यो,
एउटा यात्रा हानि दिउँ
गन्तव्य विनाको
मैले नकारे
मलाइ जीवनको धाउन्न थियो

उ बोल्यो
एकछिन सुस्ताइ दिउ टक्क
मस्ताइदीउ बेहोसीमा
मैले हकारे
मलाइ पिउन आउन्न थियो

उ बोल्यो
सपनामा जीवन भर्यौ कि
बिपना यथार्थ लागोस्
मैले लकारे
मेरो आँखाले सपना देख्न भ्याउन्न थियो

उ बोल्यो
भावनालाई गीत बनाइ दिउ
जीवनलाई शब्दमा समेटेर
मैले झकारे
मेरा ओठले गीत गाउन्न थियो

उ बोल्यो
अन्तिम शब्द बिदाइमा
सपनाको सहरमा महल ढड्याउन
मैले सकारे
तर सोध्न सकिन तिमीलाई माया लाउन्न थियो ?   

मेटाइँदे जा


मेटाइँदे त जा त्यो,
तेरो आत्मग्लानीको इतिहास,
जहाँ तैले मच्चाएको वितण्डाको
त आफै भन्डाफोर गरि बस्छस्
तेरो मस्तिष्कको ग्लानि, क्रोध पिडा
अरूमा पोखेर तैले उठाएको
सानो शान्तिको आनन्द
लाग्छ मलाइ त अझै पनि महसुस गर्दै छस्
रत्तिम एउटा बुद्धको शिष्य
आज एक हातमा बन्दुक लिएर
त जस्तै गरि तेरो विरुद्धमा लड्छ
भनिदे मलाइ तेरो क्रान्तिको मर्म यही थियो

मेटाइदे त जा त्यो,
भोको पेटको भ्रान्ति र
पुस्तौँ देखि दबिएको क्रान्तिले
टुटाएको सिङ्गो अस्तित्व
त कुनै नरसंहारी सरि
रगतमा आहाल खेलि रमाउँदै थिइस्
ती काटिएका शिरहरूमा
ती कुटिइका शरीरहरूमा
त तेरो सिद्धान्तको स्वतन्त्रता
फलाकि रहेछस हिजो र आजपनि
अब जीवन नअर्थकर बनिसकेको छ हेर
हाँस्न चुट्किला हैन लास चाहिन्छ
बाच्न हौसला होइन जितको आवास चाहिन्छ
मान्छे आज खुसी खोज्न आत्महत्या गरिदिन्छ
भनिदे मलाइ तेरो क्रान्तिको मर्म यही थियो

मेटाइदे त जा त्यो,
नाबालक छोरा मर्दा मुर्छिएको
बाबुको मनमा लागेको वेदनाहरू
उ गह्रौँ मन र चोटिलो तन लिएर
सेता परेवा उडाइ बसिरहेछ
आफ्नै काखमा दाइको मृत्यु हेरि
सिथिल एउटा भाइको पिडा
जो बाको पुरानो भरुवाले
तेरै क्याम्प तिर निसाना लगाइ रहेछ
आफ्नै अधि बलात्कृत दिदीको रक्ताम्मे
शरीरले उक्साएका बदला मेटन एउटा भाइ
तेरो विरुद्धको फौजमा भर्ती भएछ
जलेको घरमा ढलेको अस्तित्व हेरि
टोलाउँदै मृत्यु कुर्नेको भावनाहरू
एउटा बमले रित्तिएको परिवार हेरि
किशोरीले गरेको आफ्नै मृत्युको कामनाहरू
भनिदे मलाइ तेरो क्रान्तिको मर्म यही थियो

मेटाइदे जा त त्यो,
तेरो जस्तै मुटुमा लागेको 
हजारौका घाउका डोबहरू
त जस्तै आफ्नो आगो निभाउन
संसार जलाउन हिँड्नेको जोसहरू
क्रोधले अन्धो बनेर
मानवता निल्न हिँडेका पाइलाहरू
जीवनको कुनै अर्थ नभेटि
मृत्युमा जीवन नियाल्न खोज्नका उत्सुकताहरू
आफू भत्किएर जोडिन नसकेको बदला
दुनियाँसँग लीन तत्पर कायरहरू
तैले ईश्वरको अस्तित्व मेटन खोज्दा पनि
मेटिन नसकेका आस्थाका पर्खालहरू
आज मान्छे सपना पनि हाँस्न पाएको देख्छ
भनिदे मलाइ तेरो क्रान्तिको मर्म यही थियो

मेटाइदे जा त त्यो
तेरो मान्छे हुनुको अर्थ
अरूलाई लडाएर झराएर
शिखर चुम्ने तेरो आकाङ्क्षा
सिद्धान्तको भुमरीमा दुनियाँ रिझाइ
संसार कठपुतली बनाउने परिकल्पना
अरूको सिद्धान्त अरूको समर्थन
चढाउन लागेको आफ्ना मान्छेको वली
के त मेटाउन सक्छस् ?


सेलिब्रेटी पीडित





उनीहरू आए ,

रोएका हरूको आशु बटुले,
खाली पेट बसेका हरूबाट भोक बटुलेँ,
बलात्कृत हरूको अस्मिता बटुले ,
श्रमिकहरूको अत्याचार बटुले ,
बेरोजगार हरूको सपना बटुले ,
सोसित हरूको आवाज बटुले,

अनि तिनैलाई मिलाएर ,
कोहीले कविता लेखे कसैले गीत गाए,
कथा बनाइ त्यसैलाई लेखकको महिमा पाए,
त्यही पढी कोही दुःखी भए कोही चुकचुकाए,
रगत तात्यो राष्ट्रियता जाग्यो सबै जगमगाए,
नोस्टालजीक भए कोही , कोही सुकसुकाए,
फैलियो social media मा डिजिटल क्रान्तिकारी ल्याए,

मानिसका लागी ९ दिनमा नौलो भयो,
सेलायो २० दिनमा पुरै बिर्सिए,
मरिसकेपछि पीडितका आशाहरू अन्त्यमा,
गर्हौ मन लिई पेट पाल्न फेरि घिस्रिए,
सम्हाली नसक्नू आश्वासनका भारीहरू बोकेर,
भाग्यमै खोट रहेछ भनि आफ्नै टाउको ठोकेर,
उत्पीडित सोसित कुनामै रहिरहन्छन,
समवेदनाको व्यापारीहरू खोज्छन्,
अर्को काण्ड, अर्को आशु, अर्को तमासा,
राजनीतिकरण, ध्रुवीकरण, बजारीकरण
भावना बजारको विचलन गर्नै घृणित
सिर्जना गरिदिन्छन बजारमा अक्सर
एउटा अर्को नयाँ “सेलिब्रेटी पीडित”।

बिनास


गिद्धको शहर
सपनाको खेती
टुटे कति यहाँ
देख्दै नदेखि

सैतानको राज्य
बहिरा ईश्वर
शत्तामा उनि तर
अन्याय घनघोर

कल्पित खुसीहरू
रवैयामा सब संसार
विलीन भइ जाने माटोमा
तर पनि कस्तो अँहकार

खोक्रो अस्तित्व
आफ्नै महिमा गाइ
खुसी छन् सबै
आफैले आफैलाई मेटाइ

म देख्छु संसार बलेको
भित्र भित्रै जलेको
सत्यता गलेको
मानवता ढलेको

पुँजीवादी ममता
प्रकृतिको बनोटमा खोट
बिक्छ भावना
आविष्कार हुन्छ चोट

कातर जीवन जगत
मृत्यु सँग डराइ
नाङ्गिदैं छ विस्तारै
जीवनको अर्थ हराइ

अंहकारि तृष्णा
खरानीको राज भवितव्य
प्रदूषित जगत
स्वघोषित बन्छ सव्य

शून्य यो संसार
रित्तो भूत भविष्य वर्तमान
ब्रह्माण्डको धूलो पृथ्वी
आखिर किन अभिमान

म देख्छु संसार बलेको
भित्र भित्रै जलेको
सत्यता गलेको
मानवता ढलेको

विलीन



समयले बिस्तारै भुलाउला
जुन हेरेर बिताएका रातका पलहरू
त्यही बखत सजाएका ती सपनाहरू
खाएका ती कसमहरू
तर
के भुलाउला समयले त्यही समय
सृजीत भावनाका बाधहरू
के मेटिएला समय सँगै
विश्वास भरोसा र आशाहरू
जसरी हामी खुल्दैजादाँ रातको गहिराइ सँगै
गहिराइकै भावनाहरू निस्किरहेथे
अनि पग्लिरहेथे पानी बनी
कुनै हजारौं वर्षमा पग्लिएको हिमनदी सरि
के मेटाउला समयले भावनाका नदिका डोबहरू
के बुझाउला तिन दिले ल्याएका पहिरोहरू
जो धेरै पछिसम्म झरिरहेथे अन्योलता बनी
अनि मार्गदर्शन गरिरहे जिन्दगीका दोबाटोमा
के छुटाउला समयले त्यस्ता अन्योन्याश्रित सम्बन्ध
जो जहुदा आवास भइ रहन्छ
जो हुँदा अत्यास छाइ रहन्छ
के भुलाउला ती मनीषहरू
जो बहकाउनलाई आएका थिए
जो बहकिएर गएका थिए
समयले बिर्साउला सायद
ती स्पर्शका अनुभूतिहरू
त्यो सामीप्यतलको आवासहरू
ती क्षणिक बिछोडका हतासहरु
पहिलो चुम्बनको स्वादहरू
तर के
भुलाउला समयले
चुम्बनसँगै जन्मेको एउटा हिम्मत
ती स्पर्शले जन्माएका क्रान्तिका ज्वालाहरू
ती सहकार्यले तुल्याएका अठोटहरू
के भुलाउला समयले
नाघेका समाजका लक्ष्मण रेखा
भगवानको नियममा नअटाउला
आफैले सृजना गरेका भगवानहरू
के भुलाउला समयले
आफ्नो भगवानको लागी आफैले बनाएको
भक्ति, भजन, ग्रन्थ , गाथा
अनि भिन्न बनिदिदा समाज भन्दा
जब समाजले असामाजिक को बिल्ला भिराइ
बहिष्कार गरेको थियो
हामीले कल्पनामै सहि आफ्नै संसार बनाएका थियौ
के भुलाउला समयले त्यो सपनाको संसार
जहाँ हाम्रा “आइडल” खुसीहरू समेटिएका छन्