जानिजानि आफुलाई हवनमा बलाउन सकिन (गजल)
जानिजानि
आफुलाई हवनमा बलाउन सकिन
वुवा आमाको
सपनाहरू लाई ढलाउन सकिन
तिमीले
मात्र हैन प्रेम मैले पनि गरेको थिए
वास्तविकता
बुझेर आफुलाइ गलाउन सकिन
कठोर
मान हिम्मतिलो हैन ठान सहिदिन्छु
भावनाको
पर्दाले आफैलाई छलाउन सकिन
जिन्दगी
यात्रा थियो तिमी एउटा पात्र थियौ
अफसोसको
डरमा ईच्छाहरु जलाउन सकिन
दोषको भारि
मलाई बोकाई निर्दोष बनिराछौ
तिम्रो
नाममा नराम्रा हल्ला चलाउन सकिन

Comments
Post a Comment