G'Ashish Blog

कविता · गजल · कथा

अर्को ३ मुत्तक


तिमी सँग साँचो प्रेम माग्दा जोगि भए
तिम्रो लागी संसार छल्दै हिँड्दा ढोगी भए
अनर्थक तरबारको धारमा गरायौ यात्रा
भुल्न तिमीलाई धाए गल्ली भोगि भए।

*****************************

ती गाजलु आँखाको जालमा फसिएछ
ती सुरिला स्वरहरूको तालमा फसिएछ
थाहै भएन कहिले कसरी डुबेछु तिमीमा
ती हरिणका हिडाईजस्ता चालमा फसिएछ

******************************

चाहे रोउ कराउ या ज्यान फाल
थेचिदा रोकिदा कुटिदा ईख पाल
तर अधिकार पाउने छैन तबसम्म
ढुङ्गा बनाई मुटुलाई पन्छाउँछौ काल

Comments