G'Ashish Blog

कविता · गजल · कथा

घमण्डि



तिमी हार्दा पनि उसले शिर निहुराएन,
आफ्नैले टाढा पार्दा पनि साथ तिम्रो छोडेन,
तिमी रुदाँ उ हासिरह्यो तिमी कमजोर नभउ भनि,
संसारले गलत देखाउँदा पनि बस्यो सहि बनी,
तिम्रो कायरता लाई प्रस्फुटित हुन नदिइ,
तिम्रो लाचारता लाई सतहमा पोखिन नदिई,
तिम्रो भावनालाई बौद्धिकता कहिल्यै नाघ्न दिएन,
छोड दुनियाँ आफैले आफैमा परिधि बाँध्न दिएन,
उसले परिस्थितिमा तिमीलाई ढाल्न सिकायो,
तिम्रो अटलतामा दुनियाँलाई पगाल्न सिकायो,
व्यक्तिको कृतिम रूपमा प्रतिक्रिया गर्न,
अन्यायको विरोधमा प्रतिरोधको बीउ छर्न,
उसले लहैलहैमा हो मा हो मिलाउन सिकाएन,
भौतिक सुख भोगको लागी बिचार बिकाउन सिकाएन,
उसमात्र छ जसले तिमीलाई हर क्षण सहि भन्छ,
तिम्रो इच्छाको लागी आफू नराम्रो बन्छ,
तिम्रो वास्तविक तिमी उ हौं,
उ भए मात्र तिमी हुनुको अस्तित्व बन्छ,
तर अचम्म लाग्छ किन मानीष ग्लानि गर्छन्,
जब कसैले उसलाई घमन्डी भन्छ।




Comments