G'Ashish Blog

कविता · गजल · कथा

आफ्नो धुरि सानो देखे पछि उ हिँड्यो (गजल)


आफ्नो धुरि सानो देखे पछि उ हिँड्यो
साहुले ऋण तिर्न चिठी लेखे पछि उ हिँड्यो

देश बनाउँछु भनि चिया पसलमा गफ दिए नि,
बढ्दो महङ्गीले ढाड सेके पछि उ हिँड्यो

अभावमा हाँस्न उसलाई परिस्थिति सिकाउँदै थियो
पाइला सार्ने पनि पैसाले छेकेपछि उ हिँड्यो

विलासी बस्तुमा रम्ने उसको प्रवृत्ति होइन
आफन्त आई फोन बोकी दैला टेकेपछि उ हिँड्यो

प्रेयसीलाई सँगै मर्ने बाच्ने कसम खुवाएकै हो
चरम महङ्गीले ढाड सेकेपछि उ हिँड्यो
  

Comments