"500 न्युड" - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Friday, March 1, 2019

"500 न्युड"

सधैँ हिँडी रहने बाटो, सधैँ देखिरहने मान्छेहरू उही काठमाण्डौको धूलो मैलो र धुवा अनि सधैँ हतार हुने वा हतारिएको जस्तो गर्ने मनीषहरूको जमात। म त्यो बाटो धेरै चोटि हिँडेको छु, त्यो बाटो भन्नाले मेरो कोठा देखीको मेरो कलेज सम्मको बाटो। शङ्खमुल पुलबाट सुरु भएर ठ्याक्ककै पुल्चोक क्याम्पसमा सकिने बाटो म जस्तो अन्तर्मुखीको लागी बाह्य संसार हेर्ने झ्याल हो। तर कहिलेकाहीँ यही बाटोमा पनि जीवन र जगतको बारेमा नै सोच्न बाध्य बनाउने कलाकृति देखौला र त्यसले मेरो मस्तिष्कको शान्तिलाई खलल पुर्याउला भन्ने सायद सोचेको थिए। कलेजबाट फर्कँदै गर्दा बाटोमा झट्ट देखेको ५०० Nudes ले मेरो ध्यान तान्यो। बच्चा बेलामा Water paint किन्ने पैसा नभएर बन्न नसकेको चित्रकार, नग्नता को ठूलो फ्यान, बेफुर्सर्दी मान्छे र फ्रीमा हेर्न पाईने भएकोले म हेर्न पुगेको थिए। भित्र धेरै नङ्गा मान्छेहरूको चित्रहरू थिए। केटी, फेटा , गर्भवती सुन्दरी पुरुष आदि धेरैका नङ्गा चित्रहरूले त्यो आर्ट ग्यालरिको सानो कोठाको भित्ताहरू भरिएका थिए। मैले एक जब ती चित्रहरू हेर्दै गए त्यहाँ कलाकारिता मात्र भन्दा पनि भिन्न र गहिरो एक वास्तविक संसार झल्किरहेको थियो। चित्रहरू सरल थिए यो अर्थमा कि त्यहाँ धेरै रङ्गीचङ्गी चित्रहरू थिएनन् , चित्रहरू जटिल थिए यो अर्थमा कि त्यसले भौतिकता भन्दा पनि बेफिक्रि र अध्यात्म भन्दा पनि रहस्यमय कुनै भाव लुकाएको थियो। ती सबै चित्रहरूमा लगभग पुरै फरक ढङ्गबाट खिचिएका थिए। धेरै फोटो सेता क्यानभ्यासमा कालो रङ्गहरूले बनाएका थिए।

ती चित्रहरू हेरेर कसले के भने र के सोचे भन्ने कुराहरू हेर्नेको आँखामा पक्कै भर पर्ने सक्छ। पुरातनवादी र रूढिवादी नेपाली समाजले त्यसलाई असामाजिक र अधार्मिक भनिँदिन सक्छ। फेमिनिस्टहरुले त्यसलाई अंगप्रर्दशन भन्दिन सक्लान्। कसैले त्यसलाई यौन उत्तेजना जगाउने सामाग्रीको रूपमा लीन सक्छन्। संसार जस्तो चस्मा लगाएर हेरियो त्यस्तै देखिन्छ भन्ने कुरामा कुनै दुइमत छैन। 

मलाई थाहा छैन चित्रकारले के सोचेर त्यस्तो चित्रहरू बनाए तर मलाई लाग्छ यी चित्रहरूले जीवनको यथार्थतालाई उजागर गरेको छ। हामी नाङ्गे जन्मियौ, हाम्रो प्राकृतिक स्वरूप भनैकै नाङ्गो शरीर हो। तर समाजले हाम्रो भौतिक शरीरलाई कपडा लगाउन सिकायौ र तर मानसिकता पुरै नङ्गाइदियो। कपडाले शरीर मात्र ढाकेन हाम्रा भित्रको यथार्थ रूपलाई पनि ढाकि दियो र हामी बनावटी रूप लिएर बाच्न थाल्यौ। हामी पिडा लुकाएर कृतिम हाँसो हाँस्न सिक्यौ, अरूलाई देखाउनकै लागी भएपनि क्षमता भन्दा माथिका माथिका कामहरू गर्ने गर्यौ। आफ्नो इच्छा र चाहना भन्दा भिन्न रूप लिएर हामी बाच्न लाग्यौ। हामीलाई कपडा लगाउन सिकाइयो , हामीलाई आफ्नो वास्तविकता लुकाउन सिकाइयो। संसार यस्तो हुँदै गयो कि अब गुदी होइन बोक्रा हेरेर बस्तुको मूल्याङ्कन हुन थाले। मान्छे बनावटी र बिकाउ हुन थाले। सायद त्यसैले होला चित्रकारले नङ्गाको तस्विर बनाई दिए अनि हाम्रो वास्तविकताको पर्दाफास गरि दिए तर धेरैलाई यो हेरेर लाज, डर, घृणा लाग्न सक्छ किनभने हामीलाई आजकल लाग्न थालिसकेको छ हाम्रो बनावटी संसार नै हाम्रो वास्तविक संसार हो।







2 comments:

  1. Playtech slots game at JSlotHub - JSlotHub
    Join the 문경 출장마사지 new JSlotHub 구미 출장샵 site 강릉 출장안마 today! ☝ Join 서울특별 출장마사지 10+ JSlotHub Slots Game providers and 사이트 추천 receive daily rewards for your entertainment!

    ReplyDelete
  2. In addition, the country presents a tax-advantaged infrastructure for online gaming companies. While Evolution started its operations in Cypress, which also offered a world EU playing license, the corporate has expanded to Malta, Latvia, and Georgia. Evolution thecasinosource.com advantages from community effects; as the corporate releases extra attractive video games and signs up operators, extra players take part, leading to better margins.

    ReplyDelete

Post Top Ad

Responsive Ads Here