G'Ashish Blog

कविता · गजल · कथा

बिनास


गिद्धको शहर
सपनाको खेती
टुटे कति यहाँ
देख्दै नदेखि

सैतानको राज्य
बहिरा ईश्वर
शत्तामा उनि तर
अन्याय घनघोर

कल्पित खुसीहरू
रवैयामा सब संसार
विलीन भइ जाने माटोमा
तर पनि कस्तो अँहकार

खोक्रो अस्तित्व
आफ्नै महिमा गाइ
खुसी छन् सबै
आफैले आफैलाई मेटाइ

म देख्छु संसार बलेको
भित्र भित्रै जलेको
सत्यता गलेको
मानवता ढलेको

पुँजीवादी ममता
प्रकृतिको बनोटमा खोट
बिक्छ भावना
आविष्कार हुन्छ चोट

कातर जीवन जगत
मृत्यु सँग डराइ
नाङ्गिदैं छ विस्तारै
जीवनको अर्थ हराइ

अंहकारि तृष्णा
खरानीको राज भवितव्य
प्रदूषित जगत
स्वघोषित बन्छ सव्य

शून्य यो संसार
रित्तो भूत भविष्य वर्तमान
ब्रह्माण्डको धूलो पृथ्वी
आखिर किन अभिमान

म देख्छु संसार बलेको
भित्र भित्रै जलेको
सत्यता गलेको
मानवता ढलेको

Comments