मुसाफिर हो उ बहकिन देउ (गजल) - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Tuesday, June 18, 2019

मुसाफिर हो उ बहकिन देउ (गजल)






मुसाफिर हो उ बहकिन देउ
रित्तिनु छ उसलाई सकिन देउ

धोका दिनेहरू हेरि मुस्कुराउँदैछ
पाल्नु छैन द्वेष अब फकिन देउ

उ सोच्छ गन्तव्य एक भ्रम हो
रमाउनेछ बिसौनीमा रोकिन देउ

तमासे यो दुनियाँ उ एक्लो दर्शक
मुर्दाहरू बीचको जीवित टोकिन देउ

हेर्न नसकि सत्ता शक्तिको ताण्डव
आँखा चिम्लेर हिँडेछ उ ठोकिन देउ

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here