मुसाफिर
हो उ बहकिन देउ
रित्तिनु
छ उसलाई सकिन देउ
धोका दिनेहरू
हेरि मुस्कुराउँदैछ
पाल्नु
छैन द्वेष अब फकिन देउ
उ सोच्छ
गन्तव्य एक भ्रम हो
रमाउनेछ
बिसौनीमा रोकिन देउ
तमासे
यो दुनियाँ उ एक्लो दर्शक
मुर्दाहरू
बीचको जीवित टोकिन देउ
हेर्न
नसकि सत्ता शक्तिको ताण्डव
आँखा
चिम्लेर हिँडेछ उ ठोकिन देउ
Comments
Post a Comment