G'Ashish Blog

कविता · गजल · कथा

उ बोल्यो


उ बोल्यो,
एउटा यात्रा हानि दिउँ
गन्तव्य विनाको
मैले नकारे
मलाइ जीवनको धाउन्न थियो

उ बोल्यो
एकछिन सुस्ताइ दिउ टक्क
मस्ताइदीउ बेहोसीमा
मैले हकारे
मलाइ पिउन आउन्न थियो

उ बोल्यो
सपनामा जीवन भर्यौ कि
बिपना यथार्थ लागोस्
मैले लकारे
मेरो आँखाले सपना देख्न भ्याउन्न थियो

उ बोल्यो
भावनालाई गीत बनाइ दिउ
जीवनलाई शब्दमा समेटेर
मैले झकारे
मेरा ओठले गीत गाउन्न थियो

उ बोल्यो
अन्तिम शब्द बिदाइमा
सपनाको सहरमा महल ढड्याउन
मैले सकारे
तर सोध्न सकिन तिमीलाई माया लाउन्न थियो ?   

Comments