दोष तिमीलाई - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Tuesday, October 1, 2019

दोष तिमीलाई


तिम्रो एक मुस्कानको खातिर
कोषै दौडन माहीर
मेरा यी खुट्टाहरू

तिमीलाई कल्पनामा सजाएर
तिम्रो आकृति कुदि
मुस्कुराउने ओठहरू

तिमी सँगको हरेक कुराकानीमा
शितनिन्द्राबाट ब्यूँझिएर
रमाउने यी तनहरू

तिम्रो सामीप्यतलको क्षणमा
सम्बन्ध, कारणका प्रश्न नगरि
तिमी सँग हराउने मनहरू

तिम्रा ती कहिल्यै नसकिने
बात कुरा र किस्साहरूमा
सहमति जनाउने शब्दहरू

प्रिय दोषी त यी हुन
जो कमजोर छन् टुटछन
दोष तिमीलाई म कसरी दिउ?

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here