पुर्णबिराम - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Sunday, May 29, 2022

पुर्णबिराम


रुमलिएका मेरा पाईलाहरु

हिडथे यहाँ त्यहा

गन्तब्यको खोजिमा 

पुगिन होला म कहाँ


आफैलाई गुमाई फेरि

आफैलाई भेट्टाउदा 

मेरो अन्धकार त्यो अतित 

तिम्रो स्पर्शले मेट्टाउदा


मेरो अपुरो कथाको 

तिमी पुर्णबिराम भयौ

मायाको दिर्धरोधि म 

तिमी निदान भयौ 


मेरा आवेगको निर्णयहरु

तिम्रो सहनसिलतामा

सानो-संसार छोटो दुरि

आफ्नै गतिशिलतामा


मेरा खराब दिनहरु 

तिम्रो मुस्कानले बनाउदा 

बितिजाला जिन्दगी तिमी

रिसाइ मैले मनाउदा 


मेरो अपुरो कथाको 

तिमी पुर्णबिराम भयौ

मायाको दिर्धरोधि म 

तिमी निदान भयौ 

 

 



   


No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here