कोरोना डायरि - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Wednesday, May 6, 2020

कोरोना डायरि




कोरोनाको महामारी विरुद्ध को लकडाउन यति लामो भै सक्यो कि मलाई थाहा पनि छैन आज कति दिन भयो।यो स्वाभाविक हो म यस्ता कुराहरू खाँसै याद गर्दिन। पहिले मलाई आफ्नो जन्मदिन सम्म पनि याद हुँदैनथ्यो तर अब यति धेरै जन्मदिन मनाई सके कि मलाई वर्षका ३६५ दिन मध्ये कुन चाहिँ दिनमा म जन्मेको हु भनेर भन्न खाँसै गार्हो पर्दैन। तर यो वास्तविकता लाई म नकार्न सक्दिन कि म धेरै सानो कुराहरूको बारेमा हेक्का राख्न र सम्झन सक्दिन। यसका सबल र दुर्बल पक्ष दुबै छन्, म पहिले यसलाई मेरी समस्याको रूपमा लिन्थे तर आजकल म यसलाई बानीको रूपमा लिन्छु र मतलब कम गरिदिन्छ। बरु म मैले महत्वपुर्ण ठानेका कुराहरूलाई नोटमा टिपेर राख्छु बा कुनै डिजिटल माध्यममा अनुसूचित गरेर राखीदिन्छु। आजकल कपिमा हातमा लेख्नु  र डिजिटल माध्यममा लेख्नुले धेरै फरक पार्छ। फरक यो मानेमा कि कुनै हस्त लिखित कुराहरू यस्ता हुन्छन् जो लेखिन्छन् आफैमा कुनै महत्व पनि राख्छन् तर पछि ती चीजहरू आफै हराएर जान्छन् किनकी तिनिहरू हामीलाई सर्वसुलभ हुँदैनन्। यदि  मैले कुनै कुरालाई मेरो वेबसाइटमा राखे भने मैले कुनै बेला पनि त्यसलाई खोल्न सक्छु। तर यदि त्यही कुरा मैले कुनै कपिको नोटमा टिपेको हुन्छु भने त्यसलाई लीनको लागी मैले कहिले कहि लामो दूरी पनि पार गर्नु पर्ने हुन सक्छ। खैर जे होस आज भोलि प्रविधिले हाम्रो नराम्रो बानी र कमजोरीलाई मतलब नराखि जिन्दगी बाच्न सहज बनाईदिएका छन्। कोही भन्छन् मान्छेहरू आधुनिक युगमा पहिलेको भन्दा दुखी छन्, तर हामीलाई हेर्दा लाग्छ पहिले जिन्दगी भन्दा त अहिलेको समय सहि छ। खुसीलाई नाप्ने र परिभाषित गर्ने कुनै ठोस इकाइ छैन। खुसी सायद बुझ्ने चीज भन्दा पनि महसुस गर्ने चीज हो। खुसी मान्छेले नै खुसीलाई राम्रो सँग परिभाषित गर्न सक्छ। त्यसैले खुसीको अन्ततोगत्वामा फस्नु भन्दा आफूलाई खुसी मिल्ने साना कुराहरू गरेर खुसी हुनु उचित हुन्छ। म खुसीको बारेमा लामो  लेख्न त  चाहन्न तर खुसी र सन्तुष्टिको एउटा जालोमा मान्छेको जीवन व्यतीत भई रहेको हुन्छ, र जसले यसलाई राम्रो सँग चलाउन जान्दछ उसले सन्तुलित जीवन बाच्दछ। राम्रो नराम्रो भन्ने कुरा तुलनात्मक हुन्छन्। जस्तो एउटा परिभाषामा सानो ठहरिएर पनि अर्को परिभाषामा त्यही कुरा ठूलो हुन सक्छ। तर खुसी दुखी भन्ने कुरामा तुलनात्मक अवस्थाले मापन पर्याप्त हुँदैन। त भन्दा म खुसी छु भनेर यदि कसैले भन्छ भने त्यहाँ उ असन्तुष्ट हुन पुग्दछ, र जति धेरै मान्छे असन्तुष्ट हुन्छ मान्छे त्यही धेरै बेखुस हुन्छ। यसरी हेर्दा लाग्छ सबै कुरा बिना सर्त स्विकार गर्ने मान्छेहरू खुसी हुन्छन् तर कुनै जर्जर शासक द्वारा संचालित देशका जनता खुसी भएर बसेका छैनन्। आजको पुँजीवादी समाजमा खुसीको परिभाषा केवल पैसा र स्त्रीमा सीमित हुन पुगेको। खुसीको बारेमा धेरै सोच्न नचाहने तर खुसी हुन चाहने हो भने अरूले बनाइदिएको सूत्रको सहारा लिनु पर्ने हुन्छ। यस्ता सूत्र भनेका धर्म, साहित्य, फिलोसोफि आदि हुन। ध्यान ( Meditation ) पनि एउटा खुसीको परिभाषा खोज्न हिडने हरुको लागि एउटा माध्यम हो।


यदि कसैले मापन गर्न सक्छ भने अहिले संसार सायद १९४५ पछि सबैभन्दा बेखुस छ। मान्छेले जागिर गुमाइरहेका छन्, स्वतन्त्र मान्छे घर भित्र बस्न बिवस छ , दैनिक मान्छे धमाधम मरिरहेका छन्। हामीले अहिले गर्व गर्दै आएका धेरै प्रणालीहरू अहिले हाम्रो लागी निरर्थक साबित भइरहेका छन्। हामीले मानेको विज्ञान आज यति सानो भाइरस सँग पराजित भइरहदा हामीलाई थाहा हुँदै छ हामीलाई अझैपनि धेरै कुराहरू थाहा हुन बाकी नै छ। कुनै टाढाको ताराको प्रकाश पृथ्वीमा आइ पुग्नु अगाडि हाम्रो ५०-६० पुस्ता हरू सकिसकेको हुन्छ। हाम्रा आँखा जसले चीज उल्टो देख्छ अनि हाम्रो दिमाग जसले उल्टो देखेको चीजलाई सुल्टो भनेर बुझिदिन्छ अनि हामी मानीष ती सबैको समग्र हाम्रो स्वरूप हामीले भन्दा करोडौँ गुना साना निर्जीव प्रोटिनको डल्लोले गरेर एकैछिनमा निर्जीव प्रणालीमा परिवर्तन हुन पुग्दछ र हामी यसलाई मृत्युको नाम दिएर आज सम्म स्विकारिरहेका छौं वा स्विकार्नु सिवाय हामी सँग कुनै अर्को विकल्प पनि छैन। हामी सँग संसार एक चुट्कीमा सखाप पार्न सक्ने बम हरू छन् तरे सारै सानो भाइरस सँग लइने खोप बनाउन हम्मेहम्मे छ। हामीले अहिलेसम्म हाम्रो समय के गर्न खर्च गर्यो ? आफै आफै लडेर कुनै अर्थहिन लडाइको बिजेता बन्नेको लागी। के तपाइलाई आज भन्दा २०० वर्ष अगाडिको धनी मान्छेको नाम थाहा छ। के तपाई १० वर्ष अघि विश्व सुन्दरीलाई चिन्नु हुन्छ। धेरै कुरा यस्ता हुन्छन् जसलाई हामीले भुल्नको लागि मात्र प्रयोग गरिरहेका छौं। यस्ता कुराहरूको महत्व लामो समयलाई आधार मानेर हेर्दा अनर्थक छन्। सारा ब्रह्माण्ड हेर्ने हो भने हामी केही पनि हैनौ। साना सूक्ष्म जीवहरू हेर्ने हो भने उनीहरूको लागी हामी सारा ब्रह्माण्ड हौं। म कहिले कहि कल्पना गर्छु सायद त्यो हाम्रो आँखाले देख्न नसकिने माइक्रोन र त्यो भन्दा पनि साना जीवाणुहरूको पानी आफ्नै सभ्यता छ र उनीहरूले पनि अहिले सम्म आफ्नो ब्रह्माण्डको अन्तिम बिन्दु भेट्न सकेका छैनन् ? संसार अनिश्चयको भुमरी हो। मौनौ कि भोलि सबैलाई थाहा भयो हामी को हौं के हौं भनेर त्यसपछि के संसार यस्तै रहन्छ होला ? कोही मान्छे अकस्मात् संसारका सबै नियम जान्यो र उसले संसारलाई त्यो कुरा भन्यो भने  उ पागल कहलाउँछ या धर्म गुरु ?


के कोरोना भाइरस पछि संसार परिवर्तन होला त ? पक्कै पनि कुनै न कुनै कुराबाट संसार प्रभावित पक्कै हुनेछ। २००२ तिर फैलिएको सार्स रोगको कारण जापानमा सबै मनीषहरू बाहिर निस्कदा माक्स लगाएर निस्कने गर्थे। अहिलेको यो लकडाउनले मान्छेलाई धेरै नयाँ कुराहरू सँग परिचित हुने मौका मिलेको छ। भिडियो कंफ्रेन्सिङ् एप होस या अनलाइन सपिङ् अनुभव , पहिलेको तुलना मा यसको प्रयोग अहिले व्यापक रूपमा भइरहेको छ। यसले गर्दा पक्कै पनि निकट भविष्यमा हामीले पहिले प्रयोग गरिरहेको प्रणालीहरूमा परिवर्तन पक्कै देखिन सक्ने छ। सबैभन्दा महत्वपुर्ण कुरा त भोलिका दिनहरूमा कोरोना भाइरसको कारणले बिग्रिएको आर्थिक प्रणालीहरू फेरि सुरुवात हुँदा कुन बाटोमा हिँडिदिन्छ भन्ने कुराले धेरैको भविष्य निर्धारक गर्न सक्छ।

1 comment:

  1. Even skilled players play this for free to get to grips with the payouts on this sort. This internet based mostly device will analyze any pay desk for a lot of} types of video poker video games. Although not mathematically good, a video poker technique considers the expected return for each hand. All the identical, a good poker tactic should be bet365 우회 practical sufficient for use in a on line casino; meaning accuracy is typically sacrificed for the sake of feasibility.

    ReplyDelete

Post Top Ad

Responsive Ads Here