"ओइ सुन त त्यो पोलमा पनि टाँस है" समन
जोडले चीच्यायो। लायन्स चोकबाट सुरु गरेको हाम्रो यात्रा अविनास ह्याचरिको छेउसम्म
आई पुगेको थियो। "परिवर्तनका लागी युवा सञ्जाल" भन्ने एउटा आई.एन.जिओको हामी स्वयम् सेवक थियौ। "समाज परिवर्तन
गर्ने अभिभारा बोकेका युवाहरू बोल्न मात्र हैन गरेर देखाउन पनि सक्षम छन् भन्ने
कुरा प्रमाणित गरेर देखाउनु पर्ने समय आएको छ। आजसम्म जती आए सबै परिवर्तनका नाराहरु
लगाए गरौला जस्तो गरे तर आखिरमा उनिहरु शून्यमा बिलाएर गए। हामि भोलि गएर शुन्यमा
बिलाउने छौ वा हाम्रो पनी कुनै अस्तित्व रहनेछ भन्ने कुरा तिमीहरुको हातमा छ र
तिमीहरुले गर्ने कामले त्यस्को निर्णय गर्ने छ " यस्तै प्रकारको भाषण हामी निक्लनु भन्दा अगाडि
कोर्डिनेटर सरले दिनुभएको थियो। सायद यही शब्दहरू हाम्रो लागी प्रेरणा थिए होलान्
हामी वैशाखको त्यो गर्मीमा पनि अनवरत रूपमा खटि रहन सकेका थियौ। सकिएर बट्टाको
पुछारमा पुगिसकेको फेबिकललाई लौरोले लछारलुछुर पारेर निकालेर पोस्टरको पछाडि दलेर
पोस्टरलाई पोलको भित्तामा टासेर सुस्तरी मैले त्यसको माथि ढ्याप्प मारे। त्यो मेरो
अन्तिम थियो र म सङ्ग अब बाकी पोस्टर थिएनन्। यो सगैँ आजको मेरो कामको ईति स्रि
भएको कुरा मैले साथीहरूलाई भने। उनीहरूको हातमा अझै केही बाकी पोस्टरहरू थिए। म
बोकिरहेका पोस्टरहरू त्यहीँ पर्खालमा टाँस्ने आदेश दिई वरिपरिको नजरानाको
मूल्याङ्कन गर्न थाल्दछु। व्यस्त बजारमा सबै आफ्नै धुनमा मस्त थिए। साना-साना नानीहरू आफू भन्दा ठूलो झोला बोकेर घर तर्फ फर्किरहेका थिए, तरकारी वाला सधैँ झै ठुला ठुला स्वरले तरकारीको मूल्य चिच्याई रहेको थियो, बाईकवाला कसरी अगाडिको गाडिलाई ओभरटेक गर्ने भन्ने सोच्दै थिए, मान्छेहरु सबलाई हतार थियो, आफ्नै खालको हतार।
मेरो नजर एउटा डढेको कालो घरमा गएर अड्कन्छ। केही दिन अधि एउटा पसलबाट सुरु भएको सानो
आगोको झिल्काले त्यस वरिपरि रहेका सम्पूर्ण पसललाई तहसनहस पारेको थियो। आजकल
त्यहाँ धुवाले कालो बनाइको भवनका अवशेष मात्र बाकी रहेका थिए। सकारात्मक होस वा
नकारात्मक समाज परिवर्तनशील छ प्रतिक्षा बस उपयुत्त समयको मात्र छ।
मेरो नजर फेरि साईडमा रहेको पसलमा गएर
अड्कियो। धामले उडाएको मेरो शरीरको आद्रतालाई कोलाको झोलले पुरा गर्ने बेला भएको
थियो सायद। मेरा पाइलाहरू अब पसल तिर बढ्न थाल्यो। कोकाकोलाको बोटल समाएर पिउन
थाल्ने बेलामा मेरो आँखा मेरो सामुन्नेमा नै बसिरहेको कुनै स्त्री गएर अडियो।
हाम्रो शरिरको सबैभन्दा क्रियाशिल मासंपेशी आखाँ हो रे त्यसैले त कतिछिटै यता उता
गर्न सकिरहेको छ। पसलको लम्बाईका दुई छेउमा लगाईएको साना सानो पर्खालमा दुई बिपरित
छेउमा हामी आसीन थियौ, एक अर्काको सामुन्ने पर्ने गरि। मुन्टोलाई दाईनेपट्टि थोरै बटार्दा
सामुन्नेमा पसले ब्यापारिको बस्ने ठाउँ थियो। मेरो आखाँ सामुन्ने बसेकि केटिमा
एकतृत भए। अबभने भने मेरा आँखाहरू त्यहाँबाट हट्न नै मानेनन्। कलिलो मुहार, गोलो चेहरा, मादक खैरा-खैरा ती आखाँहरु, घुमाउरो कपाल अनि हाँस्दा गालामा बस्ने डिम्पल। निधारमा झरि रहने कपाललाई
बेला बेलामा पन्छाउँदै उ पसले सँग कुरा गरिरहेकी थीई। मान्छेलाई प्रेममा पर्न कति
समय लाग्छ? सायद यस प्रश्नको सटीक जबाफ कोही सँग पनि छैन
होला। प्रेमको जति मूल्य मान्यता तोके पनि अनि प्रेम गर्नका लागी मन मिल्नु पर्ने
कुराको बर्षौ पुराण लगाए पनि आँखाले सम्पूर्ण विबेकलाई मात ख्याउँदै केही मिलि
सेकेन्डमा नै कसैमाथी आफ्नो आसत्ति दर्साई दिन सक्छ। मलाई कोकाकोला खाईरहदा पनि
झनैँ तिर्खा लाग्न थाल्यो। मेरा आँखाहरू उ बाट हटनैँ मानिरहेका थिएनन्। मलाई
पृथ्वी रोकिएको, हावा बिपरित दिशामा कुदिरहेको जस्तो भान हुन
थाल्यो। साच्चै पहिल्यै धेरै पहिले देखिनै एक अर्कामा परिचित कथामा हुने जस्तै जनम
जनम पहिले देखिनै एकअर्कालाई चिनेका सायद पावोलो कोएल्होले भनेको जादु जानेका
मान्छेले मात्र चिन्न सक्ने उनकै भाषामा "सोलमेट" सगँ मेरो भेट भएको थियो। उस्का मिलेका हिमालका लहरजस्ता दातहरु
अनी मानी नमानी कपडाको परिधि भित्र खुम्चन बाध्य ती साधारण भन्दा केही ठूला पोटिला
उभारहरु, बस्दा पनी छोपिन नमानी रहेको उस्का मारुनी
कम्बरहरुले मेरो नयनलाई लगातार आकर्षित गरिरहेका थिए। आमाले बच्चामा कथा सुनाउदा
वर्णन गर्ने सर्वगुण सम्मन्न बत्तिछ लक्षणले युत्त सुन्दरि सायद यस्तै हुन्छन
होला। म मनमनै यहीँ कुरा सोची गदगद् भए र मेरो हर्ष हासोमा परिणत भएर थोरै ओठमा
पनी चुईयो। अनि बल्ल मलाई उसले हेरिरहेको भान भयो। उ प्रतिक्रिया नदिई आफ्नो
मुन्टो अर्को दिशातिर बटारि अनी त्यही साहुँ सगँ फेरि कुरा गर्न थाली। बोल्दा
उस्को आखाँमा एउटा बेग्लै कान्ति छाएको थियो। बोल्दैजादाँ उस्का आवाजहरु बिस्तारै
चर्को हुदै जान्थे उ कोईलीलाई समेत ईर्ष्या लाग्नेगरि गरि बढो मिठो आवाजमा हासिँ
दिन्थि। मेरो हातको कोक सकियो तर मलाई त्यो ठाउँ छाडेर जान एक रत्ति पनी मन भएन
त्यसैले अझै धेरै बेर उसलाई हेर्न पाउने अभिलासाका साथ मैले फेरि अर्को कोक मगाए।
उ मलाई फेरि फर्केर हेरि र एउटा मन्द मुस्कान दिई। त्यो के को सङ्केत थियो मैले
भेद पाउन सकिन। मैले अधि नचाहदा नचाहदै फुस्केको हासोको जवाफ थियो वा दुईवटा कोक
मगाएकोमा खिस्सि थियो वा सामप्यताको लागी ग्रिन सिग्नल्।
साहूजीले "बाबुलाई
त अति खरो भएको रै छ" भन्दै दोस्रो कोक मेरो हातमा दिए। मलाई तिर्खा
के को थियो बूढाले बुझे या बुझेनन्। मैले प्रतिक्रियामा एउटा मन्द मुस्कान छोडे र
ओठको मुस्कान सकिन नपाउँदै उ तर्फ फेरि मोडिए। तर उसको नजर पूर्ववत् अवस्था देखि
नै अन्तै कतै केन्द्रित थियो। म उसलाई मैले दोस्रो चोटि मगाउनको कारण तिमी नै हौ
भनि ईङ्कित गर्न चाहन्थे। केही बेर टोलाएपछि उ फर्केर पुन: साहु सगैँ कुरा गर्न
लागी। उनीहरु घर व्यवहार देखि कसैको विवाहका सम्म कुराहरु गरिरहेका थिए। यसबाट
मैले उनीहरु पहिले देखिन कै चिनजान भएका हुन भन्ने लख काटे। मलाई उसको नाम थाहा
पाउने ध्याउन्नले सताउन थाल्यो। नाम मात्र थाहा भएपनी आज घर गएर उसलाई रातभर लगाएर भएपनी फेसबुकमा खोज्थे भन्ने कुरा मेरो
मनमा नाच्न थाल्यो। मैले कोकको पिउने गतिलाई केहि सुस्त बनाए। सोचिरहेकी यो कोक
कहिल्यै नरित्तियोस अनी उ कहिल्यै यो ठाउँ छोडेर नजाओस। यो प्रकिया बर्षौ सम्म
चलिरहने भएपनी हुने। यस्तै यस्तै कुराहरु सोचिरहेको थिए। नाम चाहीँ कसरि थाहा
पाउने? सिधैँ गएर तपाईको नाम के हो भनेर सोधिदिने? ए तपाई हैन तिमी भन्नुपर्छ म दिदी बनाउन जान आट्या हो र। फेरि रिसाई भने?
उ मलाई हेरेर एक चोटि हासेको पनी थिई त। अरुको मनको कुरा कसरि बुझ्ने? मेरो मनमा
अनेक प्रश्नहरू सृजना हुँदै आफै जबाफ दिने क्रम चली नै रह्यो तर के गरेर नाम पत्ता
लगाउने भन्ने कुराको भने ठोस निर्णय गर्न सकेन। सायद उनीहरुको बार्तालापमा बिचमा
धुसेर म उस्को ध्यान खिच्न सक्थे? यो "आईडिया"को बारेमा मलाई कुनै
"हन्टर" साथिले केटि पट्टाउने टिप्स दिने बेलामा
भनेको थियो।
म उनीहरूको कुरालाई ध्यान दिएर सुन्न लागे। उनीहरु फोहोर
धेरै दिनदेखि नउठेको र वाटो भरि फोहोर नै फोहोर भएको बारे कुरा गर्न लागे। म
बोल्नका लागी यति बेग्र थिए कि केहि कुरा पनि सोच्न नभ्याउदै मेरो मुख खुलिहाल्यो
"अबदेखि बजारको फोहोर नारायणि किनारमा फाल्न नपाउने भएपछि नगरपालीका अर्को
ठाउँको खोजी गर्दैछ अरे त्यसैले ठाउँ नभेट्टिएसम्म फोहोर उठदैन होला"। बिना
कुनै सुचना निस्केको मेरो बोलिले उनिहरु आश्चार्यमा परे। दुबैजनाले मलाई एकटकले
यसरि हेरिरहे कि मानौ म अमेरिकामा गएर मुस्लिमको पक्षमा वोकालत गर्दैछु।
"पहिलेको ठाउँमा चाहि के भयो र ?" केहिबेर पछि साहुले प्रतिप्रश्न
गर्यो। "अब नारायणिको किनारहरु पार्कजस्तो बनाउने भन्ने कुरा चलिरहेको छ, अनी
नदि पनि त प्रदुशित बनाउछ नि त त्यसले हैन" म अन्तरसंवाद अझै अगाडि बढोस
भन्नेकुराको अपेक्षा गरिरहेको थिए त्यसैले चाहिने भन्दा थोरै बढि नै बोलिरहेको
थिए। म उ पनी मेरो संवादमा प्रतिक्रिया जनाओस भन्ने चाहन्थे तर उ मौन नै बसिरहेकी
थिई। "तर पहिला सबै कुराहरु मिलाएर मात्र फोहोर उठाउन बन्द गर्नुपर्ने"
साहु मुर्मुरियो। "त्यहि त नगरपालिकाले यो कुराको बिचार पुर्याउनु पर्ने हो
के" मैले जवाफ भरे। त्यसपछि फेरि मौनता छायो। अब न त साहु र उ कुरागर्न थाले
न मेरो र साहुको कुराले नै केहि गति लिन सक्यो। मेरो र उसको बिच बार्तालाप बन्ने
भन्ने कुराको त सङ्केत सम्म पनी थिएन्। परिस्थिलाई मैले असहज बनाए या घटनाक्रम
आफैँ असहजता तर्फ मोडियो भन्ने कुराको मैले निर्क्योल गर्न सकिन्। त्यो वातावरणको
"पिन ड्रप साईलेन्सको अवस्थालाई" भङ्ग गर्दै उ त्यहाँ बाट उठि र साहूलाई
"गए है त साहूजी" भन्दै मेरो तर्फ एक नजर पनि नहेरि बाटो लागी।
म रनभुल्लमा परेको थिए के गर्ने। उसले नाम सम्म मात्र भनेको
भएपनी मेरो आजको दिन सार्थक हुनेथियो। एक मनले सधैँ बाटोमा हिँड्दा टक्क मन अडाउन
सक्ने सुन्दरीलाई एक चोटि नजर लगाएर छाडेको जस्तै उसको त्यो कथालाई पनी यहि विट
मारिदिउ भन्ने जस्तो पनी लाग्यो। रोवर्ट फ्रस्टको "आई ह्याभ अ माईल टु गो बिफर आई सेल्प्ट" अर्थात "मलाई
निदाउनू अधी कोसौ दुई तय गर्न बाकि नै छ " भन्ने लाईनको याद आयो। तर उसले म
मा पहिले देख्ने र सङ्गत गर्ने गरेका अरु स्त्तीहरुको भन्दा पृथक् छाप भने अवश्य
छोडेको थीई। आजसम्म मलाई कसैमा पनि त्यसरि पहिलो हेराई मानै हिग्नोटाईज नै हुनेगरि मन अडेको थिएन। सायद
पछिपनि यसरी अप्राकृतिक रुपमा उत्पन्न आसत्तिलाई मैले अनुभव गर्न पाउन्न होला। यदि
यस्तो नै हो भने हातमा आईसकेको अवसरलाई मैले खेर फालेर किन भबिष्यको लागी एउटा
पश्चातापको संख्या बढाउनु? मैले फटाफट साहूलाई लागेको पैसा तिरे र उ गएको बाटो
पछ्याउन लागे।
मनको भित्री कुनामा रहेको भय नामको जन्तुले अब जोड जोडले
ढ्याङ्ग्रो फुक्न लाग्यो। उ अधि गएको बाटोमा केहि अगि मात्र बढेको थिए मैले उसलाई
देखि हाले। अब म सुस्त सुस्त उसलाई पिछा गर्न लागे। मोबाईल बजेको जस्तो भान हुन
लाग्यो हेरे समरको फोन रहेछ। फोनलाई रिजेक्ट गरे पश्चात बल्ल मैले बल्ल सात वटा मिसकललाई नोटिस
गरे। म पिछा गर्ने कामको कच्चा खेलाडि थिए
भन्ने कुरा केहि छिनमै प्रमाणित भई छाड्यो। उसको र मेरो आखाँ जुधिहाल्यो। म केहि
सामान्य बन्न खोजे र मैले म पनी यहि बाटोबाटै यात्रा गर्नेवाला थिए भन्ने भ्रम
दर्साउन चाहे। म उसलाई मुस्कान दिन मात्र लागेको के थिए उ फनक्क फर्कि र जोड जोडले
हिडन थालि। उसका आखाँमा भयले गर्दा थियो वा आक्रोशले गर्दा, दन्किरहेको ज्वाला
प्रस्टै झल्कियो। मलाई केहि कुराको पर्वाह लाग्न छोड्यो र म पनी उसको पछि
निर्धक्कका साथ हिडन थाले। उ एकपटक पनी पछाडि नफर्किकनै सानो गल्ली हुदै हानिन
थाली। म उसको पछि पछि उ हिडेको बाटोमा उसको पिछा गर्दै हिडन थाले। उ मैले पिछा
गरिरहेको छु भन्ने कुराको बारेमा पुर्ण रूपमा बिग्य थिई। म उसले फर्केर मलाई केहि
प्रतिक्रिया जनाओस् भन्ने अपेक्षा राखिरहेको थिए तर उ मलाई पुरै बेवास्ता गर्दै
हिँडिरहेकी थिई। केहि समयपछि उसले एउटा कालो रङ्गको गेटको ढोका खोली र भित्र पसि।
भित्र छिर्न भन्दा अगि उसले मलाई देखि तर देखेको नदेखैझै उसले प्रतिक्रिया भने
केहि जनाईन। यत्रो लामो बाटो पिछा लाग्दा पनी मैले उ सगँ केहि कुराकानी गर्न सकिन।
के हाम्रो कथाको अन्तरा यहि सम्मको लागी कोरिएको थियो? मलाई आफ्नो असफल प्रयास
देखि दुख जागेर आयो।
कसैले भनेको थियो "मर्नुभन्दा बौलाउनु बेस"। उस्को
यादमा यसरि तडपिएर मर्नुभन्दा बरु ढोका खोलेर भित्र गएर बोलिदिन्छु भन्ने अठोट
गरे। परिस्थितिले मानिषलाई आफै समस्यासगँ लडने सामर्थ्य प्रदान गर्दो रहेछ। कुनै
अन्जान व्यक्तिको घरमा उसकै छोरिचेलिको पिछा गर्दै छीर्नुको परिणाम कति घातक हुन
सक्थ्यो भन्ने कुराको मलाई हेक्का नभएको पनी होईन। तर जब मुटुको चालले दिमागका इलेक्ट्रिक पल्सलाई सन्चालन गर्न थाल्दछ त्यसपछि
असम्भब भन्ने कुरालाई कतै छेउमा सारेर जिन्दगी साहसिक यात्रामा निक्लदो रहेछ। मेरो
अतृप्त चाहनाले साच्चिकै साहसिक कदम उठायो। मैले हिम्मत गरि गेटको ढोका खोले। यि
सबैकुराहरु यति चाडै भइरहेका थिए कि यदि कसैले म त्यहाँ जानुको कारण सोध्दथ्यो
भनेपनी म सगँ भन्नका लागि कुनै बहानासम्म पनी थिएनन् होलान्। "ट्वावावा"
फलामका दुई पाताहरु एकआपसमा ठोकिएर आउने अत्यासलाग्दो आवाज सगैँ ढोका खुल्छ। सानो
बरन्डाजस्तो भुभागको सामुन्नेबाट घरको मुलद्वार सुरु भएको थियो। बरन्डामा मुडामा
दुईजना स्त्रिहरु झट्ट हेर्दा ४०-५०को जस्तो लाग्ने बसिरहेका थिए। म भित्र छिर्दा
उनिहरुले झट्ट एकफेर फर्केर हेरे तर केहि प्रतिक्रिया भने जनाएनन्। मेरा आखाँले
त्यहि पसलको केटिलाई खोजिरहेको थियो। मेरो र उस्को दुरि यस्तै ५० मिटर मात्र थियो
होला यो हिसाबले उनि र म छिर्नुको समयाबधिमा धेरै अन्तर थिएन। सायद उनि घरमाथि गईन
होला। के म अब फेरि माथि पनि जाउ? यदि कसैले मेरो आउनुको कारण सोध्यो भने मैले के
जवाफ दिने? उनले आफ्नो बुबा वा दाई कसैलाई गएर यो केटोले मेरो पिछा गरेर यहा सम्म
आयो भनेर भनेर भनेको र उनिहरुले मलाई पिटन आए भने? म यस्तै सोचिरहेको थिए उनि मेरो
तन्द्रालाई भङ्ग गर्दै सामुन्ने खडा भईन्। तर उनले त्यहा मेरो तन्द्रा र वातावरणको
सन्नाटालाई मात्र भङ्ग गरिनन् उनले मेरो छोटो समयको त्यो प्रेम, मैले देखेका ति
सपनाहरु, मैले आज सम्म मानि आएका बादहरुलाई र मैले गर्व गरिरहने मेरो
उपलब्धिहरुलाई निअर्थक साबित गरेर छोडि। उ त्यहा एक्लो थिईन र मैले चाहेको उ
त्यहाँ थिईन। पहिला मैले दोकानमा देखेर फिदा भएको केटि अब केटि रहिन। मलाई स्तब्ध पार्नेगरि
उ नावालक शिशुको साथमा मेरो सामुन्नेमा खडा थिई। पत्याउन मलाई गार्हो पर्यो तर
यथार्थ मेरो सामुन्नेमा थियो र आफु अनुपयुत्त सत्यलाई पछौरा ओडाएर झुटलाई सत्य
प्रमाणित गर्नुले पनी कुनै महत्व पक्कै राख्दैनथ्यो। आफुले मन पराएको पन्ध्र सोर्ह
बर्षकि कुनै स्त्रिलाई सन्तानको साथमा पाउनु भन्दा दुखद कथाको अन्त्य सायद कुनै
नहोला।
पहिले देख्दाकै पहिरनमा हातमा बच्चा बोकेर उसलाई
स्तनपान गराईरहेकि कुनै देबिको साक्षात रुपजस्तो लाग्ने उ मेरो सामुन्ने आफ्ना
नग्न स्थनहरुको प्रदृशन गरिरहदा म कामुकतामा होईन एउटा मातृबात्स्ल्यको अपार
स्नेहबाट भाबबिहोर भई उसको प्रतिमालाई दर्शन गरिरहेको थिए। एउटै बस्तुलाई ठाउले
कति फरक पार्न सक्दो रहेछ। केहिबेर अघि सम्म मैले कल्पना गरिरहेको दृश्य अहिले
मेरो सामुन्ने नै थियो तर यसबाट आशा गरेको कृतिम आनन्दको चाहना एउटा बेग्लै
किसिमको स्रद्वामा परिणत भइसकेको थियो। "कति कामले आउनु भएको थियो
होला?" उस्को प्रश्नले म झसङ्ग
भए। "तिमिलाई देखेपछि मेरा ईन्द्रिय मस्त भए हार्मोन हरु ग्रस्त भए त्यसैले
मुटुको बोझलाई शब्दमा रुपरान्तरित गरि पोखिदिउकि भन्ने हेतुले कुनै अदृश्य शक्तिले
यहाँसम्म डोर्याएर त्याई पुर्यायो।" मेरो मनले यस्तै सोचिरहेको थियो तर मुखले
बोली हाल्न भने सकिन। "म चेन्ज नेपालको अफिस खोजिरहेको थिए, यो घरमा थियो
कि?" अपर्झट निकालेको यो संस्था सायद आजसम्म बनेको छ वा छैन होला? " यो
घरमा त कुनै अफिस छ जस्तो मलाई लाग्दैन"। "ए हो र यतै कतै छ भन्थे सानो
काम थियो र खोजेको" मैले त्यो ठाउँमा बस्नुको कुनै औचित्य देखिन र निस्कनै
लागेको थिए उनि फेरि बोलिन " अनि अफिस मेरो पछि लागेर पनि कहि भेटिन्छ र?
" म रातो मुहार लिएर घर बाट निस्के।
मेरो अवस्था एउटा युद्धमा हारेको सैनिक जस्तो भएको थियो:
थकित, शिथिल, आत्मग्लानीले भरिपूर्ण र सपना गुमाएको एउटा यात्रीको जस्तो। हरेक
कथाहरूलाई सफलतामा पुर्याउनु जिन्दगीको मर्म होइन होला वा सबै कुरामा सफल हुन
नसक्ने जन्तु मनीष भएको हुँदा मनीष हुनका लागि किमार्थ पनी एक दुई हारको सामना
गर्नु अनिवार्य नै छ। जिन्दगी गर्न गार्ह्रो मान्ने र सफल नभएपछि अनेकथरि बाहना
बहाउने प्रकीयाहरुको अजम्बरी स्रृङ्खला हो। मैले पराजित मानसिकताबाट जिन्दगीका
अनेकौँ परिभाषा बुन्दै त्यही गेटमा उभिइरहे।
किन किन मेरो मन फर्केर जान मानिरहेको नै थिएन्। ति फिल्ममा हुनेजस्तै केहि
अचम्मका घटनाहरु भएर उ एउटा सामान्य केटिजस्तै बनोस अनि सुस्तरि उ मेरो सामु आओस र
मेरो त्यो धडकिरहेको मुटुको हिस्सा, धडकन नरोकुन्जेल सम्मका लागि बन्नका लागि
अनुरोध गरोस अनि हामी मुटु र धडकन बनि जिन्दगिरुपि रगतलाई बाचुन्जेल हासिखुसि
सन्चार गराईरहन सकौ। तर फ्लिम फ्लिम नै हो अनि बास्तबिकता बास्तबिकता नै हो। हुनै
नसक्ने कुराहरुलाई प्रदृशन गरेर ती ढोङ्गी चलचित्र निर्माताहरूले करोडौँ लुटिरहेका
हुन्छन् र हामी जस्ता मनीषहरू उनीहरूका ती फ्लिमहरु हेरेर जिवनमा केहि त्यस्तै
अप्राकृतिक घटना घटने सम्भावनालाई जिवन्त राखिरहन बाध्य हुन्छौ।
"बाल-विवाह
गर्नु अपराध हो
त्यो दण्डनीय छ
त्यसैले बाल-विवाहलाई निरुत्साहसित गरौं।
बाल-विवाह विरुद्ध यही माग २३ गते
हुन गइरहेको र्यालीमा सहभागी भई
बाल-विवाह उन्मूलन गर्ने महा
अभियानमा सरिक हौं।"
मलाई अघिसम्म मैले नै भित्तामा चप्काएर आएको त्यो
पोस्टरहरूको शब्द सम्झेर हाँसो उठन लाग्यो र त्यो पोस्टर टास्ने हामीजस्ता
मानिसहरु प्रती दयाँ जागेर आयो। अनि पोस्टर टाँसेर समाज परिवर्तन गर्न सकिन्छ
भन्दै करौडौ पैसा खर्च खर्ने त्यी आई.एन.जिओ र त्यिनलाई आर्थिक सहयोग गर्ने दातृ
निकाय प्रति समवेदनाको भाव प्रकट भयो। हामीले आजसम्म सल्काएका मैनबत्तीहरुले त्यही बत्तीको मुनि बस्नेहरुलाई त
समेटन सकेको छैन भने अझ त्यी दुरदराजका वासिन्दाहरुलाई कती यसरि सानै उमेरमा आमा
बन्न बाध्य होलान्,। अनि पोस्टर टालेर परिवर्तन आउछ भन्ने सोच राख्ने हामी मुर्ख र
अबोध? तर एउटा सानो सलाइले एउटा कोलोनि जलाउन सक्छ भने एउटा पोस्टरले समाज बदल्न
किन नसक्ने भन्नेहरु पनि होलान्। सायद त्यहीँ आशामा बर्षौ देखि यो काम निरन्तर
रुपले चलिरहेको छ, कति सफल भयो या भएन?
No comments:
Post a Comment