अभाव छोड उसलाई हर एक भोक थाहा छ - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Monday, June 25, 2018

अभाव छोड उसलाई हर एक भोक थाहा छ


अभाव छोड उसलाई हर एक भोक थाहा छ
निमुखालाई दबाई राख्ने यो लोक थाहा छ

उ त्यसै क्रान्तिकारी त बनेको छैन यहाँ
आफ्नै अधि ढलेको बाउँको शोक थाहा छ

तिमी ज्युँदै मरेकाहरुको लासमात्र गनी रहयौ
प्रत्येक पल-पलमा मरिरहनु को झोक थाहा छ ?

कानुन ल्यायौ नियम बनायौ पन्नामै सीमित
ढुङ्गे धारा देखि मन्दिरसम्मको रोक थाहा छ ?  

आवाज सुनिएन उसको अनि मुठी बजार्यो
जिन्दगी माथि गरिएको खनजोत थाहा छ ?

1 comment:

Post Top Ad

Responsive Ads Here