तिमी
आउने छौं या छैनौँ
निश्चित
नै त छैन तर
जब
तिमी आउने छौं
समयको
चक्र पहिलेको जस्तो पक्कै रहने छैन
पृथ्वीले
सुर्यको वरिपरि लगाएका प्रत्येक
चक्करहरू
सँग सँगै
ती नदीहरूले
चट्टानमा लगाएका प्रत्येक
ठक्करहरू
सँगै
दिनले
आफ्नो पूर्ववत् रूपलाई फेरेर
रातले
परिवर्तनका काँचुली आफूमा बेरेर
समय साँच्चै
नै बदली सकेको को हुनेछ
सायद
आजका दिनहरू जस्तै गरि
खुसी
सजिलै हाँसेर नपाइएला
बेफिक्रि
जिन्दगीको पर्बाह छोडी
एकान्तमा
समय बिताउन नभ्याईएला
परिचयले
जिन्दगीलाई बाँध्नेछ होला
अनि
एकमाथि अर्को गर्दै थपिने जिम्मेवारीहरूले
हामीले
आफैले अर्थ हीन बनाएका समयहरूलाई
थिचेर
साना भन्दा पनि साना बनाउँदै जानेछन्
अनि हामी
त्यही समयको जेलमा कैदी हुनेछौ
व्यस्त
समयको माझमा पनि बिस्तारै
हामीले
हिजो कथा सरि
बाच्ने भनेर साँचेका सपनाहरू
सायद
कथा कविताहरू बनी छापिसकेको हुनेछन्
तर
शब्दले समेट्न नसक्ने ती सम्झनाहरू
जसलाई
तानतुन पारेर कविता बनाउन नसकेर
वा
कविता बनाउँदा त्यसको सुन्दरता नासिन्छ भनेर
मैले म
भित्र नै सङ्कुचित राखेका यादहरू
अब
मेटाउन म कहाँ जाऊ ?
थाहा
छैन किन
मैले
देखेको भोलिमा तिमी हराएकी छौं
निराशावादी
म भएको होइन
तर
त्यो सपनाको सहरमा
सपना
नै सपनाको आहालमा लीन भएर
आफ्नो
सपना गुमाइका कैयौँ छन्
तिम्रो
इच्छा आकाङ्क्षालाई कुनै दिन
महत्वकाङ्क्षा
बनाएर
तिमीलाई
आफूमा विलीन गरि दियो भने त्यो सहरले
मीठा
शब्दको जलप लगाएर
कोमल
मुटुलाई घायल बनाउने ती पात्रहरूले
तिम्रो
गन्तव्यै बदलि दिए भने
तिमीमा
रहेको त्यो आफ्नो टुक्रालाई खोज्न
भन म
कहाँ जाऊँ?
कहिलेकाहीँ त लाग्थ्यो
सपनाको
भारी जिन्दगीलाई बोकाएर
स्वतन्त्रताको
तालमा आहाल खेल्दै
तिमि सगसगै
जिन्दगी कटाउ
अगाडि बढ्दै
जाँदा झनै साँगुरिदैं जाने
जिन्दगीको
बाटाहरूमा पहिलेभन्दा
झनझनै तीव्रगतिमा
दौडँदै कुदनुभन्दा
समयको
चक्रलाई रोकेर आफूलाई
यो भागादौडिबाट
मुक्त बनाउ
तर जब
तिमीनै हुन्नौ भने यात्रा नगर्नू को के अर्थ
विश्राम
त शीतल छहारीको लागि हुन्छ
अब मरुभूमिमा
म केका लागि कुरौं
एउटा
बन्दै गरेको सिक्काको अर्को पाटो खोटो छोडेर
बन्दै
गरेको रथका चक्काहरू अर्को तिर मोडेर
अक्सर
बिछोडमा हुने पिडा भन्दा
अझै
धेरै पिडाहरू बोकाएर
बिदाइ
मेरो सामुन्नेमा छ र म
बिदाइलाई
बिदाइ गर्न असमर्थ भइ सकेको छु
वसन्तलाई
बिदा गर्न नमान्ने प्रकृति जस्तै
पहरालाई
छोडन नमान्ने छहराहरु जस्तै
आकाश
छाडन नमान्ने बादल जस्तै
यहाँ शक्तिशाली
त विवश छन् टुक्रनका लागी
म टुक्रिएर
बनेको टुक्राले
नियतिलाई
कसरी बदल्न सकुँला र
तर म
सक्ने काम अवश्य गर्ने छु
तिमीलाई
दुई थोपा आशु समर्पण
अनि
हार्दिक बिदाइ।
maya ma dhoka paye ani gajal kar vayeah ma
ReplyDelete