म रुखो भएको हु वा मेरो जिन्दगी म सगँ रुखो भएको हो म बुझ्न सकेको छैन्। जिन्दगी साधारण हो जस्तो लाग्छ तर यसको अन्तरजालो जति बुझ्दै गयो उति कठिन जस्तो लाग्छ्। मान्छेले जति जिन्दगी र आफ्नो बारेमा ब्याख्या गरे पनि हाम्रो परिभाषा भनेको समयमा नै गएर अडेको हुन्छ। समय साच्चै शक्तिशाली छ। म फेरि समयलाई ठुलो बनाएर आफुलाई कमजोर देखाउन चाहन्न। तर मैले देखाए पनि लुकाए पनि बास्तबिक यथार्थ बदलिने भन्ने त होईन्। अब मैले यथार्थको बारेमा बिश्लेशण गर्न थाले भने म को हो भन्ने कुराले पनि बहस गर्ने ठाउँ पाउछ्। धैरै कुरालाई दायाँ बायाँ नलगौ समयको बारेमा नै कुरा गरौ। म समयमा छु र समयकै कुरा गर्छु, सुन्ने मन नहुने हरु कतै टाढा गए हुन्न, कम्तिमा पनि मैले देख्ने भन्दा टाढा। म मेरो दृष्टिलाई नराम्रो कुरा देखाएर तनाब दिन्न चाहन्न्।
आज भन्दा ठीक ४ बर्ष अधि तिर जब म पि.ई.ए (ईन्जिनिएरिंग प्रिपेरेसन गराउने ठाउँ) मा पढदै गर्दा एक जना इलेक्ट्रिकल पढाउने सरले मार्ने डाइलग थियो " भाई कोहि मान्छै कमजोर हुदैन उसको बस समय कमजोर हुने हो"। यो चिज मेरो मनषपटलमा यसरि बसिदियो कि यो मेरो जिन्दगीको सिद्वान्तनै बन्न पुग्यो।मैले यो डाइलग धेरै चोटि मारे। परिक्षा बिग्रदा मारे, केटिले छोडदा मारे, खल्तिमा पैसा सकिदा मारे। हुदा हुदै आजकल मलाई यस्तो लाग्न थालिसकेको छ कि यो कुनै डाइलग होईन यो मेरो जिन्दगीको राष्ट्रगान को जो म मेरो जिन्दगीको हरेक खराब समयहरुमा गाउने कसम खाएको छु।
म एउटै कुरा धेरै लेख्ने मुडमा छैन। मैले ध्यान गर्ने छोडेको छु जसले गर्दा मलाई आजकल आफ्नो शान्ति खोज्न हम्मे हम्मे पर्ने गरेको छ। एकछीन आफ्नो अन्तर शान्तिको बारेमा कुरा गरौ। मलाई बच्चा छदा लाग्थो संसार क्या सजिलो छ। यो संसार सारा कठपुतली हो जो मेरो लागी बाचिदिन्छन। यदि कोहि यो संसारमा बास्तबिक छ त त्यो बस म हु। आज फर्केर हेर्दा अच्चम लाग्छ, सबैको संसार बास्तबिक छ साला म मात्र छु जो कठपुतली सरि नाचिरहेको छु। ए म आफ्नो शान्तिको बारेमा कुरा गर्दै थिए्। हरेक मान्छेको भित्र एउटा शात्न स्थान हुन्छ जो उसले मात्र महसुस गर्छ। संसार इन्द्रियहरुको भ्रम हो, आखाँले राम्रो देखेको केटि हामीले राम्रो भन्छौ। जिब्रो को स्वाद छालाको स्पर्स बासनाको संसर्ग बस हामिले देखेको संसार केवल हाम्रा इन्द्रिएहरुले सिर्जना गरिदिएका कुराहरुमा मात्र सिमित छन्। एक समयलाई मानौ कि हाम्रा सब इन्द्रियले काम गर्न छोडे त्यसपछि हाम्रो अस्तित्च कहाँ छ। हामी हाम्रा इन्द्रियहरुको लागी बाचिदिएका छौ। मेरो लागी आत्मशान्ती मैले जब आफुलाई भित्र बाट नियालेर हेरेको थिए त्यहि बखर कहि भेटेको थिए।
मलाई पहिले संसार भरिभराउ लाग्थ्यो तर आजकल लाग्छ म रित्तो छु?
हाम्रो घरमा आउने एकजना पँण्डित थिए , हामी थिति भन्थ्यौ तर उनको बास्तबिक नाम परिस्थिति थियो, उनले अक्सर भन्ने गर्थे संसार मायामा अडेको छ। हामी रहनुको अर्थ एक अर्का प्रतीको माया र धृणा को परिणाम हो। माया र धृणा म एउटै चिज हो भन्न रुचाउछु, जब माया नेगेटिभ हुन्छ घृणा पलाउछ। यो माया र धृणामा मात्र पातलो पर्खाल हुन्छ जुन टुटन समय नलाग्न पनि सक्छ। यस्ता कुरा माया प्रेममा धैरै हुन्छ, कहिले काहिँ एकदमै घृणा गर्ने सगँ पछि माया बस्छ अनि फेरि पछी धृणा जाग्छ अनि यस्तो हुदा हुदै जिन्दगी बित्छ हामीलाई खासै पत्तो हुदैन। मलाई पहिले मेरो गाउँको मान्छेहरुको जिवन बेरस लाग्थ्यो तर अहिले अनुभव हुदैछ आखिरमा जिन्दगीनै बेरस छ।
आफु कमजोर हुदाँ जिन्दगीलाई परिभाषित गर्न क्या कारुँणिक शब्द फुर्छ। यो देशका जागिर नपाएका र खालीपकेट संसार जित्ने सपना बोकेका( यो मेरो क्योटोगोरि हो) हरुको भनाईलाई समेटेर एउटा किताब बनाउने हो भने खत्रा खत्रा आशुकबिहरुको कृतीहरुलाई पनि फलप ख्वाईदिन्छ होला हगी्। किताब किन्ने पैसा पनि छैन र पढने समय पनि छैन्। लेख्नका लागी कुनै चिज पनि छैन र नभाको चिज लेख्ने समय पनि छैन। यदि जिन्दगी किताब हो भने यो मलाई धैर्यता, संयमता, निरन्तरता र क्षमताको पाठ पढाउदै छ। सायद मेरो परिभाषा भनेका मेरा शब्दहरु पनि हुन्। आजकल कोड बढि लेखिन्छ , कोड लेख्नुको सुन्दरता यो हुन्छ कि त्यो लेखेपछी बडो सुन्दर चिज बन्छ। शब्दलेखेर पेट भर्न गारो छ, कोड लेखेर अलिक सजिलो छ।
शब्द लेखेर पढने कसैले होइन (जस्तो यो लेख हो कि मनोवाद हो कि के हो ?) कोड पढने त कम हुन्छन तर त्यसको उत्पादन ( सायद आउटपुट लाई नेपालीमा त्यहि भन्छ होला) हेर्ने धेरै हुन्छन्। कोड गर्नुको अर्को फाइदा के पनि हुन्छ भने त्यसले कैयन् मान्छेको जिन्दगीलाई सहज बनाई रहेको हुन्छ। जस्तो मैले अस्ति बनाएको फ्रिमा पढने अवसर प्रदान गर्ने साईट सायद त्यसबाट कसैको भएपनि जिन्दगी राम्रो भयो होला ?
मैले आफुलाई खोजे भने शब्दमा भेट्छु। म शब्दमा बाच्छु र शब्दमा बिलाउछु। सायद म शब्दमा रमाउछु। आशा गर्छू मलाई लेख्ने केहि बाहना मिलोस। पैले मैले केटिहरुको लागी पनि लेखेको थिए। आजकल जिन्दगीमा केटि छैनन्। नेपालमा आफ्नो सिद्वान्त मिल्ने केटि भेटनु मुस्किल हो। सम्बन्ध बन्छन अनि केहि महिनामा टुटछन् किनकि म त्यो सम्बन्धको सिमामा अटाउन सक्दिन। सायद मैले प्रेमको बास्तबिकतामा शब्दमा हुनेजस्तो सुन्दरता खोजे कि ? मलाइ थाहा छैन र म अब बुझ्न पनि चाहन्न्।
यस्ता कुराहरु जति लेखे पनि कुनै टुङ्गोमा पुग्ने होईनन्। आशा छ म फेरि पहिले को जस्तै सुन्दर लेख्न सकु।
आफ्नो लागी लेख्न सकु, जुन पढेर मलाई आनन्द मिलोस।
शुभरात्री
No comments:
Post a Comment