G'Ashish Blog

कविता · गजल · कथा

शून्यतासँगको संवाद

खोइ कुनै श्रापले हो कि
बुझ्न नसकेको आभासले हो
मेरा पाइला दुई कदम अगाडि जाँदा
म दुई कदम तल भासिन्छु।
सायद नियम नै यस्तै थियो कि
या मेरो नियति नै यस्तै थियो।
तर हार्नु त मेरो लागि भवितव्य भइसकेको छ
यति सम्म कि मानौँ
हार्नुको परिभाषा नै म हुँ,
र हराइरहने उद्देश्यमै जिन्दगी बाँच्नु हो।

लाग्थ्यो, जिन्दगी मेरो नै हो।
तर कहिले काँही निस्सासिँदै
मेरो कँपिरहेका हातहरूतर्फ हेर्छु;
मेरो दिमागले सिर्जना गरेका यी छिटाहरू,
ती सबै “what if” हरू जुन कहिल्यै भएनन्।
मैले जिन्दगीलाई एउटा सूत्रमा बाँध्न खोजेँ,
मेरो जिन्दगी त्यसै सूत्रबाट भाग्न खोज्यो।
यो खेल चलिरह्यो
न म निस्किन सकें,
न उसले मलाई बाँधेर राखिराख्न सक्यो।

कहिले काँही लाग्छ जिन्दगी नै यही हो;
नखेलाई नसकिने खेल,
र खेलदै रहेछौँ हामी।
जिन्दगीको उद्देश्य जित्नु थियो भने
जित्नेहरू त स्थिर भएर बाँच्थे होला,
हार्नेहरू अस्थिर भएर डगमगाउँथे होला।
साँचो यहाँ नियमभन्दा ठूलो अपवाद छन्
जित्ने रोइरहनेछन्, हार्ने लडिरहनेछन्

खोइ, कसले जिन्दगी बुझेछ?
खोइ, को पो खुसी भएको छ?
यदि अन्तिममा सबै छोडेर जानु नै थियो भने,
यदि अन्त्यमा शून्यमै समाहित हुनु नै थियो भने,
यो सारा नाटक आखिर केका लागि?
यो उद्देश्य, यो अवस्था, यो प्रबन्ध
त्यो हाँसो, त्यो खुसी, त्यो विनम्रता
यदि हारेरै जानु थियो भने
प्रयासको अर्थ के रह्यो?

मानौँ, तिमीले अर्को जीवन नै बनायौ रे
जिन्दगीमा जित मात्रै दियौ रे सब,
भौतिक खुसीहरू हटाइदियौ रे।
तर पनि तिम्रो भित्री शून्य, शून्य नै रहनेछ,
तिम्रा प्रश्न र तिम्रा उत्तर
उस्तै अनुत्तरित रहनेछन्।
छोडिदेऊ, अब अर्थ खोज्न;
खोजेर थाहा पाएछौ भने पनि
सत्यताले तिमीलाई पगाल्नेछ।
थाहा पाएनौ भने पनि
हारले तिमीलाई गलाइरहनेछ।
पूर्णविराम, यहाँ अझै अनिश्चित छ।


 

पुर्णबिराम


रुमलिएका मेरा पाईलाहरु

हिडथे यहाँ त्यहा

गन्तब्यको खोजिमा 

पुगिन होला म कहाँ


आफैलाई गुमाई फेरि

आफैलाई भेट्टाउदा 

मेरो अन्धकार त्यो अतित 

तिम्रो स्पर्शले मेट्टाउदा


मेरो अपुरो कथाको 

तिमी पुर्णबिराम भयौ

मायाको दिर्धरोधि म 

तिमी निदान भयौ 


मेरा आवेगको निर्णयहरु

तिम्रो सहनसिलतामा

सानो-संसार छोटो दुरि

आफ्नै गतिशिलतामा


मेरा खराब दिनहरु 

तिम्रो मुस्कानले बनाउदा 

बितिजाला जिन्दगी तिमी

रिसाइ मैले मनाउदा 


मेरो अपुरो कथाको 

तिमी पुर्णबिराम भयौ

मायाको दिर्धरोधि म 

तिमी निदान भयौ 

 

 



   


कोरोना डायरि




कोरोनाको महामारी विरुद्ध को लकडाउन यति लामो भै सक्यो कि मलाई थाहा पनि छैन आज कति दिन भयो।यो स्वाभाविक हो म यस्ता कुराहरू खाँसै याद गर्दिन। पहिले मलाई आफ्नो जन्मदिन सम्म पनि याद हुँदैनथ्यो तर अब यति धेरै जन्मदिन मनाई सके कि मलाई वर्षका ३६५ दिन मध्ये कुन चाहिँ दिनमा म जन्मेको हु भनेर भन्न खाँसै गार्हो पर्दैन। तर यो वास्तविकता लाई म नकार्न सक्दिन कि म धेरै सानो कुराहरूको बारेमा हेक्का राख्न र सम्झन सक्दिन। यसका सबल र दुर्बल पक्ष दुबै छन्, म पहिले यसलाई मेरी समस्याको रूपमा लिन्थे तर आजकल म यसलाई बानीको रूपमा लिन्छु र मतलब कम गरिदिन्छ। बरु म मैले महत्वपुर्ण ठानेका कुराहरूलाई नोटमा टिपेर राख्छु बा कुनै डिजिटल माध्यममा अनुसूचित गरेर राखीदिन्छु। आजकल कपिमा हातमा लेख्नु  र डिजिटल माध्यममा लेख्नुले धेरै फरक पार्छ। फरक यो मानेमा कि कुनै हस्त लिखित कुराहरू यस्ता हुन्छन् जो लेखिन्छन् आफैमा कुनै महत्व पनि राख्छन् तर पछि ती चीजहरू आफै हराएर जान्छन् किनकी तिनिहरू हामीलाई सर्वसुलभ हुँदैनन्। यदि  मैले कुनै कुरालाई मेरो वेबसाइटमा राखे भने मैले कुनै बेला पनि त्यसलाई खोल्न सक्छु। तर यदि त्यही कुरा मैले कुनै कपिको नोटमा टिपेको हुन्छु भने त्यसलाई लीनको लागी मैले कहिले कहि लामो दूरी पनि पार गर्नु पर्ने हुन सक्छ। खैर जे होस आज भोलि प्रविधिले हाम्रो नराम्रो बानी र कमजोरीलाई मतलब नराखि जिन्दगी बाच्न सहज बनाईदिएका छन्। कोही भन्छन् मान्छेहरू आधुनिक युगमा पहिलेको भन्दा दुखी छन्, तर हामीलाई हेर्दा लाग्छ पहिले जिन्दगी भन्दा त अहिलेको समय सहि छ। खुसीलाई नाप्ने र परिभाषित गर्ने कुनै ठोस इकाइ छैन। खुसी सायद बुझ्ने चीज भन्दा पनि महसुस गर्ने चीज हो। खुसी मान्छेले नै खुसीलाई राम्रो सँग परिभाषित गर्न सक्छ। त्यसैले खुसीको अन्ततोगत्वामा फस्नु भन्दा आफूलाई खुसी मिल्ने साना कुराहरू गरेर खुसी हुनु उचित हुन्छ। म खुसीको बारेमा लामो  लेख्न त  चाहन्न तर खुसी र सन्तुष्टिको एउटा जालोमा मान्छेको जीवन व्यतीत भई रहेको हुन्छ, र जसले यसलाई राम्रो सँग चलाउन जान्दछ उसले सन्तुलित जीवन बाच्दछ। राम्रो नराम्रो भन्ने कुरा तुलनात्मक हुन्छन्। जस्तो एउटा परिभाषामा सानो ठहरिएर पनि अर्को परिभाषामा त्यही कुरा ठूलो हुन सक्छ। तर खुसी दुखी भन्ने कुरामा तुलनात्मक अवस्थाले मापन पर्याप्त हुँदैन। त भन्दा म खुसी छु भनेर यदि कसैले भन्छ भने त्यहाँ उ असन्तुष्ट हुन पुग्दछ, र जति धेरै मान्छे असन्तुष्ट हुन्छ मान्छे त्यही धेरै बेखुस हुन्छ। यसरी हेर्दा लाग्छ सबै कुरा बिना सर्त स्विकार गर्ने मान्छेहरू खुसी हुन्छन् तर कुनै जर्जर शासक द्वारा संचालित देशका जनता खुसी भएर बसेका छैनन्। आजको पुँजीवादी समाजमा खुसीको परिभाषा केवल पैसा र स्त्रीमा सीमित हुन पुगेको। खुसीको बारेमा धेरै सोच्न नचाहने तर खुसी हुन चाहने हो भने अरूले बनाइदिएको सूत्रको सहारा लिनु पर्ने हुन्छ। यस्ता सूत्र भनेका धर्म, साहित्य, फिलोसोफि आदि हुन। ध्यान ( Meditation ) पनि एउटा खुसीको परिभाषा खोज्न हिडने हरुको लागि एउटा माध्यम हो।


यदि कसैले मापन गर्न सक्छ भने अहिले संसार सायद १९४५ पछि सबैभन्दा बेखुस छ। मान्छेले जागिर गुमाइरहेका छन्, स्वतन्त्र मान्छे घर भित्र बस्न बिवस छ , दैनिक मान्छे धमाधम मरिरहेका छन्। हामीले अहिले गर्व गर्दै आएका धेरै प्रणालीहरू अहिले हाम्रो लागी निरर्थक साबित भइरहेका छन्। हामीले मानेको विज्ञान आज यति सानो भाइरस सँग पराजित भइरहदा हामीलाई थाहा हुँदै छ हामीलाई अझैपनि धेरै कुराहरू थाहा हुन बाकी नै छ। कुनै टाढाको ताराको प्रकाश पृथ्वीमा आइ पुग्नु अगाडि हाम्रो ५०-६० पुस्ता हरू सकिसकेको हुन्छ। हाम्रा आँखा जसले चीज उल्टो देख्छ अनि हाम्रो दिमाग जसले उल्टो देखेको चीजलाई सुल्टो भनेर बुझिदिन्छ अनि हामी मानीष ती सबैको समग्र हाम्रो स्वरूप हामीले भन्दा करोडौँ गुना साना निर्जीव प्रोटिनको डल्लोले गरेर एकैछिनमा निर्जीव प्रणालीमा परिवर्तन हुन पुग्दछ र हामी यसलाई मृत्युको नाम दिएर आज सम्म स्विकारिरहेका छौं वा स्विकार्नु सिवाय हामी सँग कुनै अर्को विकल्प पनि छैन। हामी सँग संसार एक चुट्कीमा सखाप पार्न सक्ने बम हरू छन् तरे सारै सानो भाइरस सँग लइने खोप बनाउन हम्मेहम्मे छ। हामीले अहिलेसम्म हाम्रो समय के गर्न खर्च गर्यो ? आफै आफै लडेर कुनै अर्थहिन लडाइको बिजेता बन्नेको लागी। के तपाइलाई आज भन्दा २०० वर्ष अगाडिको धनी मान्छेको नाम थाहा छ। के तपाई १० वर्ष अघि विश्व सुन्दरीलाई चिन्नु हुन्छ। धेरै कुरा यस्ता हुन्छन् जसलाई हामीले भुल्नको लागि मात्र प्रयोग गरिरहेका छौं। यस्ता कुराहरूको महत्व लामो समयलाई आधार मानेर हेर्दा अनर्थक छन्। सारा ब्रह्माण्ड हेर्ने हो भने हामी केही पनि हैनौ। साना सूक्ष्म जीवहरू हेर्ने हो भने उनीहरूको लागी हामी सारा ब्रह्माण्ड हौं। म कहिले कहि कल्पना गर्छु सायद त्यो हाम्रो आँखाले देख्न नसकिने माइक्रोन र त्यो भन्दा पनि साना जीवाणुहरूको पानी आफ्नै सभ्यता छ र उनीहरूले पनि अहिले सम्म आफ्नो ब्रह्माण्डको अन्तिम बिन्दु भेट्न सकेका छैनन् ? संसार अनिश्चयको भुमरी हो। मौनौ कि भोलि सबैलाई थाहा भयो हामी को हौं के हौं भनेर त्यसपछि के संसार यस्तै रहन्छ होला ? कोही मान्छे अकस्मात् संसारका सबै नियम जान्यो र उसले संसारलाई त्यो कुरा भन्यो भने  उ पागल कहलाउँछ या धर्म गुरु ?


के कोरोना भाइरस पछि संसार परिवर्तन होला त ? पक्कै पनि कुनै न कुनै कुराबाट संसार प्रभावित पक्कै हुनेछ। २००२ तिर फैलिएको सार्स रोगको कारण जापानमा सबै मनीषहरू बाहिर निस्कदा माक्स लगाएर निस्कने गर्थे। अहिलेको यो लकडाउनले मान्छेलाई धेरै नयाँ कुराहरू सँग परिचित हुने मौका मिलेको छ। भिडियो कंफ्रेन्सिङ् एप होस या अनलाइन सपिङ् अनुभव , पहिलेको तुलना मा यसको प्रयोग अहिले व्यापक रूपमा भइरहेको छ। यसले गर्दा पक्कै पनि निकट भविष्यमा हामीले पहिले प्रयोग गरिरहेको प्रणालीहरूमा परिवर्तन पक्कै देखिन सक्ने छ। सबैभन्दा महत्वपुर्ण कुरा त भोलिका दिनहरूमा कोरोना भाइरसको कारणले बिग्रिएको आर्थिक प्रणालीहरू फेरि सुरुवात हुँदा कुन बाटोमा हिँडिदिन्छ भन्ने कुराले धेरैको भविष्य निर्धारक गर्न सक्छ।

सुर बेसुर


उफ, निरन्तरता दिन कति गार्हो ? कहिले काहिँ त लाग्छ यो मष्तिस्क होइन एउटा फुटवलको ग्राउन्ड हो। तर फुटबल ग्राउन्ड भन्दा यो फरक यो मानेमा छ कि फुटवल ग्राउन्डमा जम्मा २२ जना दौडन्छन तर मेरो दिमागमा हजारौ दौडन्छन त्यो पनि एकै चोटि। मैले बच्चाबाट चिनेका साथिहरु देखि मैले हिजो भेटेका सम्म सबै मेरो दिमागमा अटाएका छन्। यदि जिन्दगी, संसार , ब्रम्हाण्ड सारा सोचको नतिजा हो भने वा कुनै साइकोले गरेको कोडको परिणाम हो भने( आर्टिफिसिएल इन्टेलिजेन्स) वाला हो भने म पनि कसैको सोचमा बाचेको छू र म फेरि सोचेर कसैलाई बचाउदै छू र मैले मेरो सोचमा सिर्जना गरेको यो चिजले पनि कुनै समय सोचेर अर्को चिज बनाइदियो रे मानौ...... जति सोच्यो उति गारो। मलाई हामी हुनुको औचित्यको बारेमा कुरा गर्न मन लाग्छ तर फेरि सोच्छु ति १०० बर्षभन्दा टाढा रहेका ताराहरु जसको प्रकाश म कहाँ आउपुग्नु अधि नै म कतै बिलय भइ जानेछु, अरे यार के कुरा गर्नु जिवनको अस्तित्वको।

राम्रो कुरा गरौ। बानिको कुरा गरौ । सफलताको एक मात्र सटिक शुत्र भनेको निरन्तरता हो। जब सुरुवात गरिन्छ सबै चिज गार्हो लाग्छ। पहिले अक्षर क लेख्न बढो गार्हो भएको थियो। अहिले किताब लेख्न गार्हो लाग्छ। लेखिरहेका का लागी त्यो सजिलो लाग्छ। सायद उनिहरुको लागी गार्हो लाग्ने कुराहरु अरु कुनै हुन्छन् होला। निरन्तरता दिन सक्नु महत्बपुर्ण हो , सुरुवातमा नै अपेक्षा ठूलो राखेर पछी आत्तीने हरु भन्दा बिस्तारै गर्दै र सिक्दैजाने हो भने बढि सफल भइन्छ कि ? (सफलता भनेको परिश्रममा मात्र भर पर्ने चिज पनि होईन, सफल हुनुमा धैरै चिजहरुको हात रहेको हुन्छ।)

पैसा र सफलता भनेका फरक चिजहरु हुन तर धेरै मान्छेको लागी यि दुइ चिजहरु समान लाग्न पनि सक्छन। पैसा आजको पुजिवादि समाजमा अक्सिजन बराबर जस्तो हुन पुगिसकेको छ मान्छेहरु पैसा बिना बाच्न मुस्किल छ। आफुलाई बाच्नपुग्ने गरि कमाउन सक्नु महत्वपुर्ण हो। त्यो भन्दा बढि जति कमाएपनि मान्छे सन्तुष्ट कहिल्यै हुन सक्दैन्। समय बदलिसकेको छ, आजकल खुसि किन्न पनि पैसा तिर्नु पर्छ। तपाईलाई सम्बन्ध गास्न पैसा चाहिन्छ, बाच्न पैसा चाहिन्छ , खुलेर हास्न पैसा चाहिन्छ। पुजिवादी समाजमा गरेक भावना पैसामा तौलिन सकिन्छ।

शुभरात्री, जाडो भयो :-D

मन्द क्रान्ती


म रुखो भएको हु वा मेरो जिन्दगी म सगँ रुखो भएको हो म बुझ्न सकेको छैन्। जिन्दगी साधारण हो जस्तो लाग्छ तर यसको अन्तरजालो जति बुझ्दै गयो उति कठिन जस्तो लाग्छ्। मान्छेले जति जिन्दगी र आफ्नो बारेमा ब्याख्या गरे पनि हाम्रो परिभाषा भनेको समयमा नै गएर अडेको हुन्छ। समय साच्चै शक्तिशाली छ। म फेरि समयलाई ठुलो बनाएर आफुलाई कमजोर देखाउन चाहन्न। तर मैले देखाए पनि लुकाए पनि बास्तबिक यथार्थ बदलिने भन्ने त होईन्। अब मैले यथार्थको बारेमा बिश्लेशण गर्न थाले भने म को हो भन्ने कुराले पनि बहस गर्ने ठाउँ पाउछ्। धैरै कुरालाई दायाँ बायाँ नलगौ समयको बारेमा नै कुरा गरौ। म समयमा छु र समयकै कुरा गर्छु, सुन्ने मन नहुने हरु कतै टाढा गए हुन्न, कम्तिमा पनि मैले देख्ने भन्दा टाढा। म मेरो दृष्टिलाई नराम्रो कुरा देखाएर तनाब दिन्न चाहन्न्।

आज भन्दा ठीक ४ बर्ष अधि तिर जब म पि.ई.ए (ईन्जिनिएरिंग प्रिपेरेसन गराउने ठाउँ) मा पढदै गर्दा एक जना इलेक्ट्रिकल पढाउने सरले मार्ने डाइलग थियो " भाई कोहि मान्छै कमजोर हुदैन उसको बस समय कमजोर हुने हो"। यो चिज मेरो मनषपटलमा यसरि बसिदियो कि यो मेरो जिन्दगीको सिद्वान्तनै बन्न पुग्यो।मैले यो डाइलग धेरै चोटि मारे। परिक्षा बिग्रदा मारे, केटिले छोडदा मारे, खल्तिमा पैसा सकिदा मारे। हुदा हुदै आजकल मलाई यस्तो लाग्न थालिसकेको छ कि यो कुनै डाइलग होईन  यो मेरो जिन्दगीको राष्ट्रगान को जो म मेरो जिन्दगीको हरेक खराब समयहरुमा गाउने कसम खाएको छु।

म एउटै कुरा धेरै लेख्ने मुडमा छैन। मैले ध्यान गर्ने छोडेको छु जसले गर्दा मलाई आजकल आफ्नो शान्ति खोज्न हम्मे हम्मे पर्ने गरेको छ। एकछीन आफ्नो अन्तर शान्तिको बारेमा कुरा गरौ। मलाई बच्चा छदा लाग्थो संसार क्या सजिलो छ। यो संसार सारा कठपुतली हो जो मेरो लागी बाचिदिन्छन। यदि कोहि यो संसारमा बास्तबिक छ त त्यो बस म हु। आज फर्केर हेर्दा अच्चम लाग्छ, सबैको संसार बास्तबिक छ साला म मात्र छु जो कठपुतली सरि नाचिरहेको छु। ए म आफ्नो शान्तिको बारेमा कुरा गर्दै थिए्। हरेक मान्छेको भित्र एउटा शात्न स्थान हुन्छ जो उसले मात्र महसुस गर्छ। संसार इन्द्रियहरुको भ्रम हो, आखाँले राम्रो देखेको केटि हामीले राम्रो भन्छौ। जिब्रो को स्वाद छालाको स्पर्स बासनाको संसर्ग बस हामिले देखेको संसार केवल हाम्रा इन्द्रिएहरुले सिर्जना गरिदिएका कुराहरुमा मात्र सिमित छन्। एक समयलाई मानौ कि हाम्रा सब इन्द्रियले काम गर्न छोडे त्यसपछि हाम्रो अस्तित्च कहाँ छ। हामी हाम्रा इन्द्रियहरुको लागी बाचिदिएका छौ। मेरो लागी आत्मशान्ती मैले जब आफुलाई भित्र बाट नियालेर हेरेको थिए त्यहि बखर कहि भेटेको थिए।

मलाई पहिले संसार भरिभराउ लाग्थ्यो तर आजकल लाग्छ म रित्तो छु?
हाम्रो घरमा आउने एकजना पँण्डित थिए , हामी थिति भन्थ्यौ तर उनको बास्तबिक नाम परिस्थिति थियो, उनले अक्सर भन्ने गर्थे संसार मायामा अडेको छ। हामी रहनुको अर्थ एक अर्का प्रतीको माया र धृणा को परिणाम हो। माया र धृणा म एउटै चिज हो भन्न रुचाउछु, जब माया नेगेटिभ हुन्छ घृणा पलाउछ। यो माया र धृणामा मात्र पातलो पर्खाल हुन्छ जुन टुटन समय नलाग्न पनि सक्छ। यस्ता कुरा माया प्रेममा धैरै हुन्छ, कहिले काहिँ एकदमै घृणा गर्ने सगँ पछि माया बस्छ अनि फेरि पछी धृणा जाग्छ अनि यस्तो हुदा हुदै जिन्दगी बित्छ हामीलाई खासै पत्तो हुदैन। मलाई पहिले मेरो गाउँको मान्छेहरुको जिवन बेरस लाग्थ्यो तर अहिले अनुभव हुदैछ आखिरमा जिन्दगीनै बेरस छ।

आफु कमजोर हुदाँ जिन्दगीलाई परिभाषित गर्न क्या कारुँणिक शब्द फुर्छ। यो देशका जागिर नपाएका र खालीपकेट संसार जित्ने सपना बोकेका( यो मेरो क्योटोगोरि हो) हरुको भनाईलाई समेटेर एउटा किताब बनाउने हो भने खत्रा खत्रा आशुकबिहरुको कृतीहरुलाई पनि फलप ख्वाईदिन्छ होला हगी्। किताब किन्ने पैसा पनि छैन र पढने समय पनि छैन्। लेख्नका लागी कुनै चिज पनि छैन र नभाको चिज लेख्ने समय पनि छैन। यदि जिन्दगी किताब हो भने यो मलाई धैर्यता, संयमता,  निरन्तरता र क्षमताको पाठ पढाउदै छ। सायद मेरो परिभाषा भनेका मेरा शब्दहरु पनि हुन्। आजकल कोड बढि लेखिन्छ , कोड लेख्नुको सुन्दरता यो हुन्छ कि त्यो लेखेपछी बडो सुन्दर चिज बन्छ। शब्दलेखेर पेट भर्न गारो छ, कोड लेखेर अलिक सजिलो छ।

शब्द लेखेर पढने कसैले होइन (जस्तो यो लेख हो कि मनोवाद हो कि के हो ?)  कोड पढने त कम हुन्छन तर त्यसको उत्पादन ( सायद आउटपुट लाई नेपालीमा त्यहि भन्छ होला) हेर्ने धेरै हुन्छन्। कोड गर्नुको अर्को फाइदा के पनि हुन्छ भने त्यसले कैयन् मान्छेको जिन्दगीलाई सहज बनाई रहेको हुन्छ। जस्तो मैले अस्ति बनाएको फ्रिमा पढने अवसर प्रदान गर्ने साईट सायद त्यसबाट कसैको भएपनि जिन्दगी राम्रो भयो होला ?

मैले आफुलाई खोजे भने शब्दमा भेट्छु। म शब्दमा बाच्छु र शब्दमा बिलाउछु। सायद म शब्दमा रमाउछु। आशा गर्छू मलाई  लेख्ने केहि बाहना मिलोस। पैले मैले केटिहरुको लागी पनि लेखेको थिए। आजकल जिन्दगीमा केटि छैनन्। नेपालमा आफ्नो सिद्वान्त मिल्ने केटि भेटनु मुस्किल हो। सम्बन्ध बन्छन अनि केहि महिनामा टुटछन् किनकि म त्यो सम्बन्धको सिमामा अटाउन सक्दिन। सायद मैले प्रेमको बास्तबिकतामा शब्दमा हुनेजस्तो सुन्दरता खोजे कि ? मलाइ थाहा छैन र म अब बुझ्न पनि चाहन्न्।

यस्ता कुराहरु जति लेखे पनि कुनै टुङ्गोमा पुग्ने होईनन्। आशा छ म फेरि पहिले को जस्तै सुन्दर लेख्न सकु।

आफ्नो लागी लेख्न सकु, जुन पढेर मलाई आनन्द मिलोस।

शुभरात्री


कफी



सबेरै उठेर जब,

कोही असफल जिन्दगी
तातोमा पानीमा
धुलाउने प्रयास गर्छन्


कोही जिभ्रोको स्वादको
आडमा मनका पिडा
लुकाउने प्रयास गर्छन्


कोही सुगन्ध छरेर
सुतेका आफ्ना प्रेयसी
जगाउने प्रयास गर्छन्


कोही सुषुप्त हिम्मत
क्याफिनको सहारामा
उठाउने प्रयास गर्छन्


कोही मनोवादमा बितेका
अनिदो रातका निन्द्रा
हटाउने प्रयास गर्छन्


कोही छाडेर जानेका
सम्झना कपमा साँचेर
हराउने प्रयास गर्छन्


कोही अस्तित्वको संशय
जीवनको भुमरीमा खोजी
डराउने प्रयास गर्छन्


कोही अन्तर्मुखी संवादको
सुरुवात " सुप्प- सुप्प " वाट गरि
कराउने प्रयास गर्छन्


अनि उनीहरू कफी पिउँछन्
अनि उनीहरू कफी पिउँछन्





दोष तिमीलाई


तिम्रो एक मुस्कानको खातिर
कोषै दौडन माहीर
मेरा यी खुट्टाहरू

तिमीलाई कल्पनामा सजाएर
तिम्रो आकृति कुदि
मुस्कुराउने ओठहरू

तिमी सँगको हरेक कुराकानीमा
शितनिन्द्राबाट ब्यूँझिएर
रमाउने यी तनहरू

तिम्रो सामीप्यतलको क्षणमा
सम्बन्ध, कारणका प्रश्न नगरि
तिमी सँग हराउने मनहरू

तिम्रा ती कहिल्यै नसकिने
बात कुरा र किस्साहरूमा
सहमति जनाउने शब्दहरू

प्रिय दोषी त यी हुन
जो कमजोर छन् टुटछन
दोष तिमीलाई म कसरी दिउ?