झरीले सुरु
गरेको एउटा कहानी,
एउटा
भिजिरहेको केटो छाता वालिको छातामा पस्दा,
उसले
नबस वाला ईसारा गरिरहेपनि केटा त्यही बस्दा,
सायद
मानवता नै सम्झि सहि केटीले यात्रा गर्न मानि,
सोचेका
थिएनन् होला तर लामो यात्रा भयो जानी नजानी,
चञ्चल
केटाका आँखा परिरहेथे केटी माथि,
बोल्ने
खोज्दा पनि उसले धेरै बेर राख्यो मनका कुरा थाती,
लाग्यो
केटालाई हेरेर मर्नु भन्दा बोल्नु जाति,
उसले धन्यवाद
भन्यो नाम सोध्यो खोतल्न लाग्यो,
यति त
डराएन नि केटा उसले झन्डै सासै त्याग्यो,
पत्थर
त थिइन केटी उसलाई पनि बोल्ने इच्छा जाग्यो,
सुनियोजित
थिएन त्यो किनकी किस्सा प्रकृतिले जो ल्याथ्यो,
टिनइजर
दुई
हिलाम्यो
त्यो भुइ
हिडन
थाले गर्दै गाईगुई
झरि कहिले
बर्सिन्थो मन्द सँग कहिले बाछिटा बनी,
भिज्थी
केटी अनि छाता बङ्याउथि उसलाई नभनि,
सायद केटा
आफू भिज्न भन्दा उ नभिज्न मा खुसी छ,
छाता
सिधा पार्दै भन्छे केटी उ भिज्दा आफू दुखी छ,
अब अघिका
अन्जानहरू एक अर्कामा हराउन लागिसके
पहिले गार्हो
मानिरहेकी दुई मन छुटनुमा डराउन लागिसके
अरे
यार यो प्रेम पनि न नियम छ न बन्धन मान्छ
जसले
गर्छ सच्चा मुटुबाट त्यसले यसको महत्व जान्छ
छाताको
भित्र सुरु भइसकेको थियो नयाँ कहानी
अब
मात्र जान्नु थियो यसले गर्छ राम्रो या हानि,
कहिले हाँसो
सुनिन्थ्यो कहिले उसले पिट्थी जानाजानी,
खोले आफूहरूलाई
मन पर्न थाल्यो एक अर्काको बानी,
काम
सकिएको ठानि रोकियो झरि,
रनभुल्लमा
परे दुबै अधि बढ्नु अब कसोगरी,
आकर्षण
दुवैका आँखामा प्रस्ट देखिरहेथ्यो,
मुटुहरूले
अपार प्रेमहरू फेकिरहेथ्यो
पोखिन
चाहन्थे दुई तर कसैले छेकिरहेथ्यो,
सायद विधाताले
भुलेछ यस्तो कहानी उ बल्ल लेखि रहेथ्यो,
गरुङ्गो
मन रोमाञ्चित तन
बाधीरहेथ्यो
एक अर्कालाई झनझन
“बाई”
भन्दै ती पाइलाहरू छुट्टि लागे
दुबैले
बल्लतल्ल गर्दै भावनालाई काबूमा ल्याथे
विपरीत
दिशामा चले एक अर्काका पाईला
सायद झरीलाई
मीठो लागेन यो काइदा
अनि बजाई
दियो बादललाई धर्ती गर्जियो बेस्सरि
केटो
पनि फर्कियो अर्को तिर केटीपनि फर्कि कसरी
फेरि
जुधे दुवैका आँखा आखिर सफल भयो झरि
मुस्कुरायो
उ मुस्कुराई उ आँखाले धेरै कुराहरू खोलेथ्यो
सायद
यस्तै हुनुलाई नै कसैले प्रेम बोलेथ्यो।
No comments:
Post a Comment