आफैसँग हारेर बन्द कोठामा बस्दा कसले देख्यो(गजल) - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Saturday, August 18, 2018

आफैसँग हारेर बन्द कोठामा बस्दा कसले देख्यो(गजल)

आफैसँग हारेर बन्द कोठामा बस्दा कसले देख्यो
म मेटाई रहेथे आफैलाई एकान्तमा कसले छेक्यो

मेरो आत्महत्याको घटनालाई भाईरल बनाउने हो
म डिप्रेसनमा फसेथे जब मेरा कथा कसले लेख्यो

आज मेरो प्रिय साथी भनि कहालि हाल्दैछन सबै
म टुटेको बेला सहानुभूति दिन पाईला कसले टेक्यो

हिम्मतहारा हुतीहारा को कलंक भिराउने आफन्त हो
रीतिरिवाजमा अटाउन नसकेको भन्दै कसले फेक्यो

ए दुनियाँ उसले त्यत्ति सहन सकेन भन्दै बस्नु भन्दा
सोच जिउँदो मान्छेलाई चितामा राखि कसले सेक्यो

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here