पाईला - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Thursday, August 16, 2018

पाईला


म त प्रेम रेसमी धागो जस्तो चाहन्थे
जसले टुक्रा-टुक्रा हामीलाई समेटेर माला बनाउन सकोस्,
म त प्रेम दीवारका रङ्गहरू जस्तो चाहन्थे
जसले कुरूप आवरणलाई छोपेर सुन्दरता थप्न सकोस्
म त प्रेम भावनाहरू जस्तो चाहन्थे
जसले रुखा दिलहरूलाई पनि बहकाउन सकोस्
म त प्रेम ती सुन्दर यादहरूको जस्तो चाहन्थे
जसलाई सम्झदा पनि अनुहारमा मुस्कान छाउन सकोस्
तर,
जब प्रेम अस्तित्व भन्दा उदेश्यमा हराउन लाग्यो
यथार्थ भुलेर देखावटीमा बहकाउन लाग्यो
हामी साना तिना बेमेललाई पहाड बनाउन लाग्यौ
एकले अर्कालाई तल पार्न अनेक आरोप जगाउन लाग्यौ
मेरा व्यवहारलाई तिमिले संकाले आखाँले हेरिरहदा
अनि तिमी हरेक कामहरुलाई मैले प्रश्नहरुले बेरिरहदा
तिमीमा भन्दा तिम्रो वासनामा आफुलाई विलिन गराई
तिम्रो रुपमा अडेको आशक्ति अनि त्यो हुनुको तिम्रो आडम्बरिपन
जसले प्रेम गर्ने इच्छालाई भन्दापनि बाध्यतालाई समेटिरहेछ
आफुलाई तल नपार्न कृतिम प्रशंसाको खोला बगाई
बनावटि रुपमा जहिल्यै सम्पुर्णताको आभाष जगाई
 एकअर्काको साथमा हुदापनि हामी जसरि अपुरो भयौ
एक अर्काको भौतिक साथ तर भित्रबाट एक्लै रह्यौ
र त ,
अन्यौलताको समुन्द्रमा आफुलाई ढुवाएर बस्नुभन्दा
रित्तो जिवन मलाई असल लागिरहेछ
जिन्दगी नाटकमा विताई बाचिराख्नु भन्दा
आफ्नै जिन्दगी जिउने ईच्चा जागिरहेछ
आफ्ना साथिहरु भन्दा भिन्न हुने भय भन्दा
अब म भित्रको म ले मलाई मागिरहेछ
त्यसैले अब यो पाईलाले यस्तो चाल लिनेछ
म मैले सोचे जस्तो प्रेम प्राप्त गर्न सकु।।

1 comment:

  1. There was nothing she could do as a passerby scooped a handful of cash out of the primary tray. It’s common for these games — just like the video slots at Casino Winner — to have added extras corresponding to quantity of} levels, reels and pay lines in order to to} add to the sense of pleasure. This certainly one of the|is amongst the|is likely considered one of the} purpose why} video slots are typically extra in style amongst on-line gamblers. Examples of regular slot games that are be} in style on-line embrace Rainbow casino.edu.kg Riches Pick ‘n’ Mix, Wild Melon and Fishin’ Frenzy. Although many slots now feature 4 or 5 reels, others have just three in order to to} protect the appearance of old machines.

    ReplyDelete

Post Top Ad

Responsive Ads Here