तिमिले त भुल्यौ होला
तर हामीले ढुङ्गाले कोरेर
त्यो पीपलको छातीमा लेखेका नामहरू
पीपल बढ्दा विलाय होलान् भनेथ्यौ तर
त्यो बोटबाट झरेका बीजहरू र
त्यसबाट बनेका नयाँ रुखहरूले
हामीलाई चिन्ने भएछन
त्यसैले त आजपनि यो जङ्गलले
खालि तिम्रै बारेमा सोध्छ
भन म के जबाफ दिउ ?
मैले हात काटेर रगतले कागजमा
“आई लब यु” लेखेर तिमिलाई दिँदा
तिमिले बाबाको चुरोट खाने लाइटरले
जलाए भनेको त्यो प्रेम पत्र मेटिएको
रहेनछ
ती टुक्रा-टुक्रा खरानीका अंशले हाम्रो
कथा
माटोलाई सुनाई दिई सकेछन् हेर
त्यसैले त होला यो हिलो माटोले पनि
छपलाङ्ग छपलाङ्ग गर्दै
मैले त्यहीँ पत्रमा लेखेको कविता
गुनगुनाई रहेछन्
भन म के जबाफ दिउ ?
घरबाट टाढाको त्यो मन्दिरमा
तिमीले बिहे गर्ने ढिपी गर्दा हामीले
सलको घुम्टो र पातको माला लगाएर
अनि पुराना भाडाहरूको बाजा बजाएर
ती दोस्तीहरूलाई जबरजस्ती नचाएर
गरेको बिहेहरू ख्याल ख्यालको भनेको थियौ
तर हामीले सात फन्को देवतालाई घुमेको
उनीहरूले साँचो ठानेछन् होला र त
मैले हरेक पल्ट देवताको प्राथना गर्दा
उनीहरू तिम्रो बारेमा सोध्छन्
भन म के जबाफ दिउ ?
बाबाले किनि दिएको कैँची वाला साइकलमा
हामीले गरेका ती यात्राहरू
साँचेका सपनाहरू, बाचेका पलहरू
सुनेका सुनाएका किस्साहरू
सँगै रमाएका जिन्दगीका हिस्साहरू
तिम्रो मनषपटलबाट त मेटिए होलान्
तर पनि यो पुरानो साइकलले अझैपनि
क्यारिएरमा बस्ने पात्र खोजिरहेछ
अनि पुरा गर्न भनिरहेछ नोस्टालजियामा
साइकललाई देखाएको भविष्यमा
छोराछोरोलाई पनि त्यही चढाउने सपना
उ थोत्रिदा पनि कुई कुई गर्दै
तिम्रै बारेमा सोधि रहन्छ
भन म के जबाफ दिउ ?
तिमिले मलाई मन पर्छ भनेको भएर
दुई दिन खाना नखाई बाबा सँग माग्दा
बल्लतल्ल गरेर एकादशी मेलामा किनि दिएको
त्यो बासको बाँसुरीमा भरेका धुनहरूले
जसरी ती जङ्गल र बेसीहरू गुञ्जाएथे
अनि सृजना गरि दिएका थिए हाम्रा प्रेम
गीत
जसलाई मैले पछिसम्म गुनगुनाउँदा पनि
तिमीलाई आफ्नै समीपमा पाउथे
त्यही धुनहरुले यो अन्तर्दिलको धुन
सुनेर
ती कोमल मुटुहरूका भावनाहरू साट्थे
अनि जोडि दिएका थिए हाम्रा मुटुहरूलाई
झोलुङ्गेले गाउँहरू जोडे जसरी
तिम्रो अभावमा हिजोका सुरिला धूनहरु
आज जोर शङ्ख फुके झै लाग्छन्
आजपनि प्रत्येक धुनहरुको अन्त्यमा
बाँसुरीको धून सगैँ बहकिने एक जोर मुटु
खोज्छ
भन म के जबाफ दिउ ?
No comments:
Post a Comment