कहिले आफैसँग रन्किदैं,
सजीव निर्जीव सबै सँग
सन्किदैं,
म मृत्युमा जीवनको
आराम देख्छु,
म बाचेकाहरुमा जीवनको
भ्रम देख्छु,
कर्म दोषी जीवन मेरो मदहोसी,
कृतिम सासहरूपनि
दुष्टहरुले खोसि,
जब मनुष्य नै मलाई
सुन्न छाड्न थाल्यो,
मेरो अलौकिक यात्रा
रोक्न पत्थर फाँक्यो,
म बोले, थर्काए, चिच्याई जोडले कराए,
तर सुनेन कसैले मलाई अनि म डराए,
म अभावमा बाचेर सम्पन्नता को भाव खोजे,
व्यभिचारी अधर्मी बनाउने जन्मजात श्राप खोजे,
म खोजिरहे चितामा बलिरहेको अहंकारको अंश,
रामनाम जपेर धर्मको नामका चलाउनुपर्ने विध्वंस,
कनिष्ठ बनी छातीमा छुरा रोप्नेको कथा,
आफ्नै सन्तानले बिचल्ली बनाएका बाउहरुको व्यथा,
शरीर बेच्दा पनि बिक्न नसकेका अस्मिताका पाटाहरू,
रगतले पोतीदा पनि वाझै कान्ला र फाटाहरु,
म रोग देख्छु म भोक देख्छु,
पिल्सिएर बसेराहरूको शोक देख्छु,
म देख्छु जगत चलेको भित्र भित्रै जलेको
अरूको प्रगतिले निराशहरूको झोक देख्छु,
म देख्छु नागो आँखाले यो लोक देख्छु,
अनि सुन्छु नाङ्गै आएका मान्छेको रोधन,
नाङ्गै चितामा जल्दा आफ्नूहरूको क्रोधन ,
बाँचुन्जेल मृत्यु नसोची गरेको मानवता दोहन,
म सत्य देखि रहेछु यहाँ म झूट देखि रहेछु,
कमजोरमा जाई लाग्न संसार एक जुट देखि रहेछु,
निहत्थालाई बाँध्ने कानुनले ठूलालाई दिएको छुट देखि रहेछु,
म कहिले स्वर्ग देख्छु कहिले नर्क त कहिले पाताल देख्छु,
आफ्नै उन्नतिले पतन यो लोक बेहाल देख्छु,
प्रकृतिले गुमायो लय भौतिकताको न सुर भेट्छु न ताल देख्छु,
संसारलाई सभ्यता हैन म मतिहीनहरूको आहाल देख्छु,
म भेट्दिन करुणा मनीषमा तर द्वेष छ्यालब्याल देख्छु,
आँखा खोल्दा पाप देख्छु चिम्लदा त्रास देख्छु,
आफूलाई बेचेको देखेर ईश्वरले हाँसेको अट्टहास देख्छु,
राजनीतिको नाममा जलाएका गरिबहरूको बास देख्छु,
बिध्वशंबाट अस्तित्व बचाउनुपर्ने रत्तिम इतिहास देख्छु,
म देख्छु भरिदैं गएको पृथ्वीमा रित्तिदैं गएका मनीषहरू,
बढ्दै गएका दर्शनहरू तर ढल्दै गएका आस्थाहरू,
बढेको पराक्रम सँगै उजाडिएका उदार मनहरू,
विवेकशील दिमागहरू तर संवेदनशील तनहरू,
म चियाई रहन्छु बाटाहरू जीवन र दर्शनका पाटाहरू,
म वैश्य देख्छु, छुद्र देख्छु म देख्छु विद्वान् र लाटाहरू,
तर देख्दिन भेद ऊनिहरुमा जब समान हुन्छन् आँखाहरू,
म देख्छु जिउँदै बाउको क्रिया गराएका छोराहरूको धर्म,
आफ्ना सन्तानलाई मारेर पोइल हिडने आमाको कर्म,
आफ्नै छोरीको लागी ग्राहक खोज्ने बाउहरुको मर्म,
कलिला बालिकामा योनसुख देख्ने पिपासुहरूको सर्म,
म संसार कालो देख्छु षडयन्त्रहरूको जालो देख्छु,
सत्यता किनारका वृक्षहरू र समय क्रमलाई भँगालो देख्छु,
म देख्छु समाजले पुजिरहेको,
भोकमरीमा पाउरोटी फालेर करौडो लुटन खोज्ने गरिबहरू,
भगवान बेचेर साम्राज्य ठडाउन खोज्ने हरिपहरू,
आफै न्यायाधीश बनेर आफूलाई निर्दोष बनाएका सरिफहरू,
म देख्छु जनताले बुझिरहेको,
चाकरी गरेर यहाँ आफ्नो काम पट्टाउनू मा नै फाइदा छ,
हावादारी गफमा दुनियाँ लट्ठाउनु मै फाईदा छ,
फरक सोच राख्ने लाई सबै मिली ठटाउनु मै फाईदा छ,
काम कर्म बिनाको रोज मोज भोग जुटाउनु मै फाइदा छ,
दुनियाँ मलाई सकिएको भन्छ,
म दुनियाँलाई बहकिएको भन्छु,
दुनियाँ मलाई खालि देख्छ,
म दुनियाँलाई झ्याली देख्छु,
दुनियाँ मेरा लागी आश्रम बनाउँछ,
म दुनियाँका लागी चिहान खनाउँछु,
दुनियाँ र ममा फरक धेरै छ,
उ मनीषहरूसँग कारण/अकारण रन्केर बस्छ,
म छु यहाँ जो सृष्टिसँगै सन्केर बस्छ,
No comments:
Post a Comment