तिम्रो
यादहरूलाई मेटने मन छ
हराएको
आफूलाई भेटने मन छ
भत्केको
आफूलाई पुर्ण बनाईकन
ईर्ष्यालु
त्यो मुटुलाई रेटने मन छ
||||||||||||||||||||||||||||||
छाडि
देउ शरीर यहाँ टाउको बचाउन गार्हो छ
सामन्तीले
लादेका नियम पचाउन गार्हो छ
खालि
पेट त भोलिपर्सि भरिई हाल्छ नि सानी
उभिने
माटोको अस्तित्व बचाउन गार्हो छ
|||||||||||||||||||||||||||||||
मेरै शरीरमा
चढी शिर ताके त के गरुँ
नालायक
भनि मलाई फ्याके त के गरुँ
शक्ति
हुञ्जेल त मलाई पनि पुज्थे सब
ओरालो
लाग्दा जेलमा ज्याके त के गरुँ
No comments:
Post a Comment