देख्न
त बन्द कोठाबाट ब्रमाह्ण देखिन्छ
एउटै
हातले सारा चन्द्र सुर्य छेकिन्छ
भ्रमको
पर्दाले आफूलाई किन महान् बनाउ
थाहा
नै छ पानी परेपछि सारा रँग मेटिन्छ
*******************************
चाल्दा
पहिलो पाईला जमिन भासियो
पुरा
गर्न खोजेथे सपना जीवन नासियो
मेरो
भाग्य हारको मसीले कोरिएर होला
आशुको
सागरमा डुब्दै जीवन बाचियो
********************************
झस्किए
फेरि जब तिम्रो याद आयो
त्यही
आकृति मन मस्तिष्कमा छायो
रसाएथे
आँखाहरू रुँदिन भन्दा भन्दै
जब गाइने
दाइले हाम्रै प्रेम-गीत गायो
*******************************
No comments:
Post a Comment