G'Ashish Blog

कविता · गजल · कथा

३ मुत्तक


देख्न त बन्द कोठाबाट ब्रमाह्ण देखिन्छ
एउटै हातले सारा चन्द्र सुर्य छेकिन्छ
भ्रमको पर्दाले आफूलाई किन महान् बनाउ
थाहा नै छ पानी परेपछि सारा रँग मेटिन्छ

*******************************

चाल्दा पहिलो पाईला जमिन भासियो
पुरा गर्न खोजेथे सपना जीवन नासियो
मेरो भाग्य हारको मसीले कोरिएर होला
आशुको सागरमा डुब्दै जीवन बाचियो

********************************

झस्किए फेरि जब तिम्रो याद आयो
त्यही आकृति मन मस्तिष्कमा छायो
रसाएथे आँखाहरू रुँदिन भन्दा भन्दै
जब गाइने दाइले हाम्रै प्रेम-गीत गायो

*******************************





Comments