जब उपकार गर्नेहरूको प्रतिकार हुन्छ (गजल) - G'Ashish Blog

Post Top Ad

Post Top Ad

Responsive Ads Here

Thursday, August 30, 2018

जब उपकार गर्नेहरूको प्रतिकार हुन्छ (गजल)


जब उपकार गर्नेहरूको प्रतिकार हुन्छ
चेपुवामा पर्छ न्याय समय धिक्कार हुन्छ

अदालतनै गिडगिडाउँदै न्याय मागिरहँदा
न हुन्छ इन्साफ न निष्पक्ष पत्रकार हुन्छ

घूसखोरी आफैले कानुन कोर्न सुरु गर्छन्
जब पक्षमा नै नपुङ्सक सरकार हुन्छ

आफ्ना भनि हत्यारालाई संरक्षण दिँदा
दिन दिनै बालिकाको बलात्कार हुन्छ

कलम रोकिनेछन् धेरैका मुख थुनिनेछन्
अयोग्यहरूको पद मोह साकार हुनेछ

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here