जब स्वयम् विद्वानले मति माग्यो (गजल)
जब स्वयम्
विद्वानले मति माग्यो
गण्यमान्यले
जीवनको गति माग्यो
को छ
पुर्ण को सन्तुष्ट यो संसारमा
जब हुनेखानेले
नै भए जति माग्यो
धेरै केटाहरु अचम्म पर्नेछन् सुनेर
सोझि केटीले जँड्याहा पति माग्यो
भगवाननै मानव प्रलय गर्न आँट्थे
जब दाजुले नै भाइको क्षति माग्यो
खलिपेट
भर्नु मान्छेको जीवन रहेछ
छोडी
देउ कुरा कसले के-कति माग्यो

Comments
Post a Comment