G'Ashish Blog

कविता · गजल · कथा

आफ्ना नै तिमी विरुद्ध जुटे के गर्छौ (गजल)



आफ्ना नै तिमी विरुद्ध जुटे के गर्छौ
अहिलेका सह यात्री पछि छुटे के गर्छौ

बिगुल फुकि बस्दा शान्तिको तिमी,
भोलि हल्ला भयो भनि कुटे के गर्छौ,

शक्ति र सत्ताका भाइ भारदार तिम्रा,
तिमीलाई कमजोर देखि फुटे के गर्छौ,

आँखा चिम्ली बस्दा अन्यायमा तिमी,
तानाशाह बनी जनता लुटे के गर्छौ,

विद्रोहको ज्वाला कतै फैलिन नपाई,
अन्धकारमा राखि दिमाग भुटे के गर्छौ



Comments