G'Ashish Blog

कविता · गजल · कथा

लेख्ने भन्दा केरेर छोड्नेहरुको लाम छ (गजल)


लेख्ने भन्दा केरेर छोड्नेहरुको लाम छ
पुँजीवादी समाजमा प्रेमको के काम छ

औकात हेरेर जब हुन थाल्यो माया प्रेम
लखपतिको खल्तीभरि प्रेम पत्रको खाम छ

साँचो माया गर्ने कवि गजलकार बने
कोमल दिलसँग खेल्ने कै यहाँ नाम छ

खोक्रो अस्तित्व लिएर बाच्छन् मान्छे
भनि देउ माया ममता पाइने कुन ठाम छ

उसले छाडि जाँदा निरास म हुनेछैन
मेरी हो उ जबसम्म खल्तीमा दाम छ





Comments